आज :

अबको निकास वैकल्पिक संयुक्त सरकारः विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले वर्तमान राजनीतिक संकटको निकास वैकल्पिक संयुक्त सरकार भएको हुने बताएका छन् । संसद् विघटनसम्म आउँदा संसदीय व्यवस्था असफल भइसकेको बताउँदै विप्लवले संसद् पुनःस्थापना वा चुनाव निकास नभएर संसदीय गोलचक्करमा घुमाउन खोजेको बताए ।

विप्लवले अब पुँजीवादी व्यवस्था हुने वा वैज्ञानिक समाजवादी व्यवस्था हुने भन्ने कुरा जनमतद्वारा फैसला गर्नुपर्ने धारणा समेत राखेका छन् । “वैकल्पिक संयुक्त सरकारको नेतृत्वमा सार्वभौम शक्ति सम्पन्न जनताको जनमतद्वारा पुँजीवाद वा वैज्ञानिक समाजवादको फैसला गर्नुपर्दछ” विप्लवले भने । उनले असफल भइसकेको संसदीय व्यवस्थाले जनअपेक्षा अनुसार निकास दिन नसक्ने बताएका छन् ।

महासचिव विप्लवले समय जति बित्दै जान्छ, त्यति नै जनयुद्धको स्मरण ताजा भइरहने बताउदै आजको संसदीय व्यवस्थाको संकट, आम जनसमुदायले भोग्नु परेको अनेकौँ दुःखकष्ट र परिवर्तनको आकांक्षाले जनयुद्धको औचित्य र सहिपनालाई झनै सावित गरेको बताएका छन् ।

महासचिव विप्लवले जनयुद्ध कुनै पार्टी विषेशको क्रान्ति मात्र नभएर आम परिवर्तनप्रेमी, अग्रगामी जनताको चाहना र आवश्यकतासँग जोडिएको विषय भएको र जनयुद्धमा भएको बलिदान र उपलब्धी पनि जनताकै भएको उल्लेख गर्दै ती उपलब्धीहरु जनतालाई पराजित र असफल पार्ने खेल अनुरुप साम्राज्यवादी, प्रतिक्रियावादी, संशोधनवादीहरुको मिलेमतोमा तहसनहस पारिएको तर आफ्नो पार्टी र अन्य क्रान्तिकारीहरुको सशक्त प्रतिरोधले उनीहरुको त्यो प्रयास कल्पनामै समाप्त भएको दाबी गर्दै विप्लवले दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था नै आम नागरिकले बुझ्ने गरी आफै असफल र संकटग्रस्त हुन पुगेको बताए ।

संयुक्त सरकारबाट अग्रगामी राजनीतिक निकास दिने उद्देश्यका साथ क्रान्तिकारी र परिवर्तनकारी मित्रशक्तिहरु बीच गठन भएको रणनीतिक संयुक्त मोर्चा गठन भएको भन्दै विप्लवले यसको ऐतिहासिक महत्व रहेको र दशकौं देखिको जनताको आकांक्षालाई प्रतिनिधित्व र नेतृत्व दिन सक्षम रहेको बताए । उनले सबै क्रान्तिकारी शक्तिलाई ध्रुविकरणको अपील समेत गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal