आज :

संसद् विघटनविरुद्ध ७७ वटै जिल्लामा आज काँग्रेसको विरोध प्रदर्शन

काठमाडौं । संसद् विघटन विघटनविरुद्ध आज देशभर नेपाली काँग्रेसले विरोध प्रदर्शन गर्न लागेका छ । संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध आन्दोलनरत काँग्रेसले आज ७७ वटै जिल्लामा एकसाथ विरोध प्रदर्शन गर्न लागेको हो ।

माघ १३ गतेको निर्णयअनुसार जिल्ला कार्यसमितिहरुको आयोजनामा हुने विरोध प्रदर्शनमा काँग्रेसका शिर्ष नेताहरुले समेत सम्वोधन गर्ने भएका छन् ।

पूर्व निर्धारित कार्यक्रमअनुसार सभापति शेरबहादुर देउवाले बुटवलमा हुने सभालाई सम्बोधन गर्नेछन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री प्रकाशसरण महतले धादिङमा, उपसभापति विमलेन्द्र निधि सप्तरी, महामन्त्री शशांक कोइरालाले दाङको सभालाई सम्बोधन गर्ने ‍नेपाली काँग्रेसले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटनका लागि प्रस्ताव गरेपछि पुस १३ गतेदेखि आन्दोलित बनेको कांग्रेसले विभिन्न चरणमा संसद विघटनविरुद्ध विरोध प्रदर्शन गर्दै आएको छ ।

संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको कांग्रेसले यसअघि पुस १३ देखि माघ २४ गतेसम्मको अवधिमा विरोध प्रदर्शन गरेको थियो । आज हुने प्रदर्शनलाई पनि घरघरबाट सहभागी भएर सफल पार्न सभापति देउवाले अपिल गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal