आज :

जापानमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गयो, राजधानी टोकियो लगायतका क्षेत्र अन्धकार

काठमाडौं । जापानमा ७ दशमलव १ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार शनिबार राति ११ बजेर ८ मिनेटमा फुकुशिमाको नामी शहर केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार भूकम्पको क्षति पूरा विवरण आएको छैन । तर एक सय जना घाइते भएको बताइएको छ भने दर्जनौं घरमा क्षति पुगेको छ ।

भूकम्प फुकुशिमा आणविक केन्द्र नजिकै भएपनि कुनै क्षति नभएको अधिकारीहरुले जनाएका छन् । राजधानी टोकियोलगायत शहरहरुका विद्युत आपूर्ति प्रभावित भएको छ ।

भूकम्प लगत्तै दुई वटा पराकम्प गएको थियो । तर सुनामीको चेतावनी भने दिइएको छैन । जापानमा यसअघि सन् २०११ मा फुकुशिमामा भूकम्प पछि आएको सुनामीका कारण १८ हजार भन्दा बढीको मृत्यु भएको थियो ।

  • फाइल तस्विर

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal