आज :

विप्लवको नयाँ प्रस्तावः जनताको जनमतद्वारा पुँजीवाद वा वैज्ञानिक समाजवादको फैसला गर्नुपर्छ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जनताको जनमतद्वारा पुँजीवाद वा वैज्ञानिक व्यवस्था हुने भन्नेबारे फैसला गर्नुपर्ने नयाँ प्रस्ताव राखेका छन् । २६ औं जनयुद्ध दिवसको अबसरमा विज्ञप्ति जारी गर्दै विप्लवले भने, ‘वैकल्पिक संयुक्त सरकारको नेतृत्वमा सार्वभौम शक्ति सम्पन्न जनताको जनमतद्वारा पुँजीवाद वा वैज्ञानिक समाजवादको फैसला गर्नुपर्दछ ।’

विप्लवले वर्तमान राजनीतिक संकट संसदवादी व्यवस्थाको असफलतालाई विभिन्न पार्टीहरुले एक अर्का पार्टी र गुटको असफलता बताउँदै कसैले संसदको पुनस्र्थापना, कसैले चुनावको विकल्प अघि सारेर संसदीय गोलचक्करमा घुमाउन खोजेको तर असफल भइसकेको संसदीय व्यवस्थाले जनअपेक्षाअनुसार निकास दिन नसक्ने बताएका छन् र वर्तमान संकटको निकास वैकल्पिक संयुक्त सरकार हुन सक्ने विकल्प प्रस्तुत गरेकाछन् ।

विप्लवले सम्पूर्ण सहिद बेपत्ता परिवार, घाइते अपाङ्ग, बन्दी नेता कार्यकर्ताहरुलाई स–सम्मान स्मरण गर्दै पार्टी पंक्ति र आमजनसमुदायलाई भव्यतापूर्वक जनयुद्ध दिवस मनाउन समेत आग्रह गरेका छन् । उनले समय जति बित्दै जान्छ, त्यति नै जनयुद्धको स्मरण ताजा भइरहने बताउँदै आजको संसदीय व्यवस्थाको संकट, आम जनसमुदायले भोग्नु परेको अनेकौँ दुःखकष्ट र परिवर्तनको आकांक्षाले जनयुद्धको औचित्य र सहिपनालाई झनै सावित गरेको बताए ।

जनयुद्ध कुनै पार्टी विषेशको क्रान्ति मात्र नभएर आम परिवर्तनप्रेमी, अग्रगामी जनताको चाहना र आवश्यकतासँग जोडिएको विषय भएको र जनयुद्धमा भएको बलिदान र उपलब्धी पनि जनताकै भएको उल्लेख गर्दै विप्लवले ती उपलब्धीहरु जनतालाई पराजित र असफल पार्ने खेल अनुरुप साम्राज्यवादी, प्रतिक्रियावादी, संशोधनवादीहरुको मिलेमतोमा तहसनहस पारिएको तर आपनो पार्टी र अन्य क्रान्तिकारीहरुको सशक्त प्रतिरोधले उनीहरुको त्यो प्रयास कल्पनामै समाप्त भएको बरु दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था नै आम नागरिकले बुझ्ने गरी आफै असफल र संकटग्रस्त हुन पुगेको बताएका छन् ।

विप्लवले वर्तमान राजनीतिक संकट बारे धारणा राख्दै आजको संसदवादी व्यवस्थाको असफलतालाई विभिन्न पार्टीहरुले एक अर्काको पार्टी र गुटको असफलता बताउँदै कसैले संसदको पुनस्र्थापना, कसैले चुनावको विकल्प अघि सारेर संसदीय गोलचक्करमा घुमाउन खोजेको तर असफल भइसकेको संसदीय व्यवस्थाले जनअपेक्षा अनुसार निकास दिन नसक्ने बताएका छन् र वर्तमान संकटको निकास वैकल्पिक संयुक्त सरकार हुन सक्ने विकल्प प्रस्तुत गरेकाछन् ।

वैकल्पिक संयुक्त सरकारद्वारा अग्रगामी राजनीतिक निकास दिने उद्देश्यका साथ क्रान्तिकारी र परिवर्तनकारी मित्रशक्तिहरु बीच गठन भएको रणनीतिक संयुक्त मोर्चा ऐतिहासिक महत्वको रहेको र दशकौं देखिको जनताको आकांक्षालाई प्रतिनिधित्व र नेतृत्व दिन सक्षम रहेको उल्लेख गर्दै विज्ञप्तीमा भनिएको छ —“२६औँ जनयुद्ध दिवस मनाउँदै गर्दा हामी इमान्दारी एवं जिम्मेवारीका साथ सवै मित्रहरुलाई यही राजनैतिक विकल्पका पक्षमा गोलबन्द भएर महान जनयुद्ध एवं जनआन्दोलनहरुका सुन्दर सपनाहरु साकार पार्न अगाडि बढ्न विशेष अपिल गर्न गर्दछौं ।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal