आज :

म्यानमारमा हजारौं नागरिक सडकमा, सैनिक सरकारले इन्टरनेट सेवा बन्द गर्यो

काठमाडौं । म्यान्मारमा हजारौं नागरिक सडकमा निस्किएका छन् । सैन्य कू विरोधमा अहिलेसम्मकै धेरै नागरिक विरोधमा उत्रिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । अहिलेसम्मकै ठूलो विरोध प्रदर्शन भएसँगै सैनिक सरकारले इन्टरनेट सेवा बन्द गरिदिएको छ ।

म्यानमारमा भएको विरोध प्रदर्शनमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण हुन सक्ने भएपछि सेनाले इन्टरनेट सेवा बन्द गरेको हो । विरोध र्‍यालीका लागि मानिसहरू जम्मा हुन नदिन इन्स्टाग्राम र ट्विटरमा रोक लगाइएको केही घण्टापछि इन्टरनेट सेवा बन्द गरिएको थियो । गत फेब्रुअरी १ मा भएको कूसँगै इन्टरनेट सेवामा आंशिक रोक लगाएको थियो । यसअघि नै फेसबुकमा प्रतिबन्ध लगाइकेको छ ।

र्‍याली भइरहँदा नगरबसहरूले हर्न बजाएर समर्थन जनाएका थिए । प्रदर्शनकारीहरूले प्रहरीहरूलाई गुलाफको फूल र पिउने पानी दिएर नयाँ शासकलाई नभई जनतालाई समर्थन गर्न आग्रह गरेका थिए ।

देशको मुख्य सहर यांगुनमा आयोजित र्‍यालीमा सहभागिहरुले सैन्य शासकको विपक्ष र प्रजातन्त्रको पक्षमा नाराबाजी गरेका छन् ।

श्रमिक र विद्यार्थीसहित प्रदर्शनकारीहरूले सेनाद्वारा बन्दी बनाइएका नेत्री आङ सान सू ची र अन्य नेताको रिहाइको माग गरेका छन् ।

गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा सूचीको नेशनल लिग फर डेमोक्रेसी पार्टीले धांधली गरेर जितेको आरोप लगाउंदै सेनाले सूचीको सरकारलाई हटाएर सत्ता हत्याएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal