आज :

ओलीले जंगलीराजको सुरुवात गरेः प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री कपी शर्मा ओलीले जंगलीराजको सुरुवात गरेको बताएका छन् । उनले अध्यादेश जारी गर्नेदेखि संसद् विघटनसम्मका कदम जंगलीराजको सुरुवातको भएको बताए ।
शनिबार मिडिया एलाइन्स नेपाल फोरमका प्रतिनिधिहरुसँग

शनिबार काठमाडौंमा भएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले आफूलाई र ओलीलाई उस्तै उस्तै हुन भनिए अन्यय हुने समेत बताए । अहिलेको परिस्थिति सिर्जना हुन आफूहरुको कमजोरीको पनि भूमिका रहेको भन्दै प्रचण्डले कमजोरीको आत्मसमीक्षा गरेर श्वेतपत्र जारी गर्ने बताए ।

कार्यक्रममा बोल्दै प्रचण्डले कांग्रेस, जसपा लगायतका दलहरूसँग संसद विघटनविरुद्ध संयुक्त आन्दोलन गर्ने विषयमा छलफल भइरहेको भन्दै फागुनको पहिलो साताभित्र निष्कर्षमा पुग्ने जानकारी समेत दिए ।

अर्को प्रसंगमा बोल्दै प्रचण्डले जनयुद्धदेखि गणतन्त्रसम्म सञ्चारक्षेत्रको भूमिका उल्लेखनिय रहेको बताए । अबका दिनहरुमा पनि सञ्चार क्षेत्रसँग सहकार्य गर्दै जाने प्रचण्डले प्रतिवद्धाता समेत जाहेर गरे ।

सोही कार्यक्रममा (नेकपा)का अर्का अध्यक्ष माधवकुमार नेपालले आधिकारिक नेकपा आफूहरू नै भएको दाबी गर्दै दुई तिहाइ केन्द्रीय सदस्यको बहुमतलाई कसैले नकार्न नसक्ने टिप्पणी गनुभयो । प्रशंसा मात्र सुन्ने बानी रहेको आरोप लगाउँदै नेपालले जे भनेर ताली खान पाइने हो त्यही भन्दै ओली हिँडेको बताए ।

प्रधानमन्त्रीसँग प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार नरहेको जिकिर गर्दै प्रजातन्त्र र संविधानको रक्षाका लागि आन्दोलनमा उत्रिएको दाबी गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal