
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करणको अक्सनका लागि नेपालका आठ क्रिकेट खेलाडीको नाम सिफारिस भएको छ ।
आईपीएलका लागि नेपालबाट सन्दीप लामिछाने, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर, दीपेन्द्र सिंह ऐरी र अभिनाश बोहराले नाम दर्ता गराएका हुन् । यीमध्ये सन्दिपले यसअघि आईपीएल खेलिसकेका छन् । यसपटक क्यानमार्फत नै आठवटै खेलाडीले आफ्नो नाम आईपीएलका लागि दर्ता गराएका हुन् ।
कूल १ हजार ९७ खेलाडीमा नेपालका ८ ,अफागानिस्तानका ३०, अष्ट्रेलियाका ४२, बङ्गलादेशका ५, बेलायतका २१, आयरल्याण्डका २, नेदरल्याण्डका १, न्यूजिल्याण्डका २९, स्कटल्याण्डका ७, दक्षिण अफ्रिकाका ३८, श्रीलङ्काका ३१, युनाइटेड अरब इमिरेट्स (यूएई) का ९, अमेरिकाका २, वेष्टइन्डिजका ५६ तथा जिम्बाबेका २ जना समावेश रहेका छन् ।
कुल १ हजार ९७ खेलाडीमध्ये आठ सय १४ जना भारतीय र दुई सय ८३ जना विदेशी खेलाडी रहेका छन् ।