आज :

नेपाल बन्दको दिन लघुवित्तका सेयरधनी मालामाल

काठमाडौं । आजको सेयर कारोबारमा धेरैजसो लघुवित्तका लगानीकर्ता मालामाल भएका छन् । बिहिबार लघुवित्त कम्पनीले सेयर बजारको माहोल तताएको छ ।

सुर्योदय लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले आज सबैभन्दा बढी आम्दानी गरेका छन् । उक्त कम्पनीको सेयर मूल्य आज १० प्रतिशतले बढेर प्रतिसेयर रु. १ हजार ९ सय २५ कायम भएको छ । न्यूनतम १६९० रुपैयाँदेखि अधिकतम १९२५ रुपैयाँसम्मको मूल्यमा यो दिन कम्पनीको शेयर कारोबार भएको छ ।

त्यस्तै, समिट माइक्रोफाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त, माहुली लघुवित्त, उन्नति सहकार्य लघुवित्त, नेसनल माइक्रोफाइनान्स, किसान लघुवित्त वित्तीय संस्था, सपोर्ट माइक्रोफाइनान्स, ग्रामीण विकास लघुवित्त, सिनर्जी पावर डेभलपमेन्ट, राधि विद्युत, माउन्टेन हाइड्रो, पाँचथर पावर, स्वाभिमान लघुवित्त र बरुण हाइड्रोको सेयर मूल्य झण्डै १० प्रतिशतको हाराहारीमा बढेको छ।

साताको अन्तिम दिन (बिहिबार) नेप्से ८.३४ अंकले बढेर २ हजार ४ सय ७५ दशमलब २६ विन्दुमा पुगेको छ भने आज ७ अर्ब ६१ करोड बढीको सेयर कारोबार भएको छ ।

कारोबारको आधारमा हेर्ने हो भने पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो। त्यस्तै इन्स्योरेन्स तर्फ, प्रभु लाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ३.४६ प्रतिशतले घटेको छ भने एभरेष्ट इन्स्योरेन्सको प्रमोटर सेयर ३.१३ प्रतिशतले घटेको छ। यी दुई कम्पनीको तुलनामा भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनी कारोबारको आधारमा अगाडि रह्यो। यसको सेयर मूल्य ०.५७ प्रतिशतले घटेको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal