News Portal

  • फेरि घट्यो सुनको मूल्य

    डबली संवाददाता२०७७ माघ २२ गते
    ९४ पटक

    काठमाडौं । बिहिबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य तोलामा ९ सयले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम गरिएको छ । त्यसैगरि, बिहिबार तेजावी सुन ९० हजार ६ सय रुपैंयामा कारोबार भएको छ । बुधबार तेजावी सुन प्रतितोला रु.९१ हजार ५०० कायम गरिएको थियो ।

    त्यस्तै, चाँदीको मुल्यमा पनि गिरावट आएको छ । बुधबार चाँदी प्रतितोला १३२० रुपैंयामा कारोबार भएको थियो । बिहिबार प्रतितोला १३०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बुधवारको तुलनामा बिहीवार चाँदीको मूल्य २० रुपैयाँले घटेको हो ।

     

    प्रतिकृया दिनुहोस्