आज :

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर ७८ अंकले बढ्यो

काठ्माडौं । मंगलबार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड (NICL) को सेयरमुल्य ७८ अंकले बढेर रु ८८६ पुगेको छ । रु ८५८ मा खुल्ला भएको यस कम्पनीको सेयरमुल्य लगातार बढेर रु ८८६ पुगेको हो ।

यस कम्पनीको सेयरमुल्य ९.६५ प्रतिशतले बढेको छ । कम्पनीको न्युनतम सेयरमुल्य रु ८१३ र अधिकतम सेयरमुल्य रु ८८७ रहेको छ । आजको सेयरमुल्य रु ८८६ मा गएर टुङ्गिएको छ ।

यसैगरी ग्लोबल आईएमई बैंकको सेयरमुल्य ९.४८ प्रतिशतले बढेको छ । प्रतिकित्ता ३३ अंकले बढेर यस बैंकको अन्तिम सेयरमुल्य रु ३८१ पुगेको हो ।

सेकेन्डरी मार्केटमा रु ३५० मा खुल्ला भएको यस बैंकको सेयरमुल्य रु ३८२ मा गएर टुङ्गिएको छ । यसरी हेर्दा आज सेयर बेच्ने लगानीकर्ताले राम्रै आम्दानी कमाउन सफल भएको अनुमान लगाउन सकिन्छ ।

यता एभरेस्ट बैंक लिमिटेडको सेयरमुल्य भने माथिका २ कम्पनीको तुलनामा कम अंकले बढेको देखिन्छ । प्रतिकित्ता २३ अंक अर्थात २.९८ प्रतिशतले बढेर रु ७९५ पुगेको छ ।

रु ७८० मा खुल्ला भएको यस बैंकको सेयरमुल्य बढेर रु ७९५ पुगेको हो । यस बैंकको न्युनतम सेयरमुल्य रु ७७० र अधिकतम मुल्य रु ८०० रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal