आज :

ओलीका ‘साइबर सेना’ द्वारा पत्रकार जिसीमाथि कुटपिट, क्रान्तिकारी पत्रकार संगठनले निकाल्यो विज्ञप्ति 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका कार्यकर्ताले अन्तरवार्ता लिएको विषयलाई लिएर पत्रकारमाथि कुटपिट गरेका छन् । ‘सारबर सेना’ नाम पाएका ओली समूहका कार्यकर्ताले काठमाडौंबाट प्रकाशन भइरहेको थाहा अनलाइन डटकममा कार्यरत पत्रकार कमलविक्रम जि.सीलाई कुटपिट गरेका हुन् ।

पत्रकार जिसीले प्रचण्ड-नेपाल समूहका विद्यार्थी संगठनका नेता रञ्जित तामाङको अन्तरवार्ता लिएको भन्दै भृकुटीमण्डपस्थित रत्नराज्य क्याम्पस परिसरमा ओली समूहका कार्यकर्ताले कुटपीट गरेको थाहा अनलाइनले बताएको छ ।

थाहा अनलाइनका संचालक यादवप्रसाद सुनारले विज्ञप्ति जारी गरेर तामाङको अन्तरवार्ता किन लिएको भन्दै ओली समूहका कार्यकर्ताहरुले भौतिक हमला गरेको भन्दै निन्दा गरेका छन् ।

यसैबीच क्रान्तिकारी पत्रकार संगठन नेपालले विज्ञप्ति जारी गरेर अन्तरवार्ता लिएको विषयलाई लिएर पत्रकार जिसीमाथि भएको आ क्रमण निन्दा एवं भत्सर्ना गरेको छ । संगठनका काअध्यक्ष दीपबहादुर घर्ती र महासचिव बाबुराम भुसालले संयुक्तरुपमा विज्ञप्ति जारी गरेर घटनामा संलग्नको खोजी गरी कडा कारवाही गर्न माग समेत गरेका छन् । आफ्ना असहमित राख्ने अन्य माध्यम हुँदाहुँदै सोझै आ क्रमण गर्नु गुण्डाराजको नमूना भएको विज्ञप्तिमा उल्लेख छ ।

”मंगलबार राजधानीमा थाहा खबर डटकममा कार्यरत पत्रका्र कमल जिसीमाथि आक्रमण भएको छ । अनलाइनमा प्रकाशन भएको सामाग्रीमाथि प्रश्न उठाउँदै राजधानीको प्रदर्शनीमार्गस्थित एक क्याम्पसमा स रकार संरक्षित केही व्यक्तिहरुबाट पत्रकार जिसीमाथि सांघातिक आक्रमण भएको थाहा भएको छ । हाम्रो संगठन पत्रकार जिसीमाथि भएको आक्रमणको घोर निन्दा एवं भत्र्सना गर्दछ । साथै आक्रणमा सम्लग्नहरुको खोजी गरी कडा कारवाही गर्न माग गर्दछ । आफ्ना असहमति राख्ने अन्य माध्यम हुँदा हुँदै सोझै आक्रमण गर्ने कार्य गुण्डाराजको नमूना हो” विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी जिल्ला मालपोत कार्यालय, कैलालीका प्रमुख सुरेन्द्र केसीले अर्थ सरोकार डटकमका पत्रकार सुदर्शन श्रेष्ठमाथि गरेको दुव्र्यवहारप्रति क्रान्तिकारी पत्रकार संगठन, नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सेवाग्राहीको निरन्तरको गुनासोपछि समाचार संकलनका लागि मालपोत कार्यालय पुगेर सूचना माग्दा मालपोत कार्यालय प्रमुख केसीले पत्रकार श्रेष्ठलाई अपशब्द बोल्दै हातपात गर्न खोजेको र धम्की दिएको भन्दै संगठनले कार्यालय प्रमुख केसीको उक्त कार्य घोर निन्दा र भत्सर्ना गरेको छ ।

काअध्यक्ष घर्ती र महासचिव भुसालद्वारा जारी विज्ञप्तिमा भ‍निएको छ, ”मालपोत कार्यालय भ्रष्टाचार र कमिसनको अखडाका रुपमा रहेको व्यापक जनगुनासो रहने गरेको छ । मालपोत कार्यालयहरुमा जाने जो कोही सेवाग्राहीहरु यहाँ हुने दलाली, कमिसन र घुसखोरीका बारे परिचित छन् । सर्वसाधारण नागरिकका गुनासा सुन्नु, त्यसलाई सम्बन्धित निकायमा पुर्याउनु, सार्वजनिक निकायमा निगरानी राख्नु, जिम्मेवार बनाउनु र राज्यलाई झक्झक्याउनु मिडियाको अहम दायित्व हो । नागरिकले जान्न चाहेका सूचनाहरु उपलब्ध गराउनु सार्वजनिक निकायको संवैधानिक दायित्व हो । सूचनाको हक, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता संविधानले प्रत्याभूत गरेका आधारभूत अधिकार हुन् । संविधानले प्रदान गरेका अधिकारहरुको हनन गर्ने र उल्लंघन गर्ने कार्य दण्डनीय हुन्छ । अझ त राज्यको जिम्मेवार निकायमा बसेर नागरिकको करबाट सेवासुविधा उपभोग गर्ने कर्मचारीले यस किसिमको कार्य गर्नु गम्भीर कुरा हो । हाम्रो संगठन पत्रकार श्रेष्ठमाथि दुव्र्यवहार गर्ने र मिडियामाथि आक्रमण गरेर आफ्ना कार्य ढाकछोप गर्न खोज्ने मालपोत कार्यालय कैलालीका प्रमुख केसीमाथि हदैसम्मको कारवाही गर्न सरकारसँग माग गर्दछ । साथै निज केसीलाई प्रेस विरोधी कर्मचारीका रुपमा सूचिकृत गर्न पनि सरोकारवालाई आग्रह गर्दछ ।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal