आज :

अमेरकी कम्पनीले उत्पादन गरेको कोरोना खोप लगाएको केही बेरमै २३ जनाको मृत्यु

काठमाडौं । कोरोनाभाइरविरुद्ध लगाएको खोपबाट २३ जनाको ज्यान गएको छ । यो नर्वेको घटना हो । अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोन्टेकले संयुक्त रुपमा विकास गरेको कोरोना खोपले ९० प्रतिशत सुरक्षित राख्ने दाबी गरिएको थियो ।

कम्पनीको दाबीमा विश्वास गरेर नर्वे सरकारले फाइजरलाई प्रयोगको अनुमति दिएको थियो । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार खोप लगाएको केही बेरमै १३ जनाको मृत्यु भएको थियो । उनीहरुलाई खोप लगाएको केही छिनमै साइड इफेक्ट देखिएपछि उपचारको लागि अस्पताल लगिएको थियो ।

त्यसैगरी अन्य १० जनाको भने खोप लगाएको केही घण्टामा नै मृत्यु भएको समाचारमा जनाइएको छ । मृत्यु हुनेमा ८० बर्ष उमेर समूहका रहेका छन् ।

नर्वेका मेडिसिन एजेन्सीका मुख्य चिकित्सक सिगर्ड हार्टेमोले साधारण ज्वरो आएका व्यक्तिहरुमा खोप लिने बितिकै सामान्य प्रभाव परेको र गम्भीर प्रकृतिका बिरामीलाई भने उक्त खोप घातक सावित भएको बताए । घटना लगत्तै नर्वेले कोरोनाको खोपको स्वरुप परिवर्तन गरेको सिगर्डले जानकारी दिए ।

यता फाइजरले घटनालाई स्वीकार गर्दै नर्वे मेडेसिन एजेन्सीसँगको समन्वयमा अनुसन्धान भइरहेको जनाएको छ । नर्वेमा ३० हजार भन्दा बढीलाई गत महिना फाइजर र मोर्डनाको पहिलो डोज दिइसकेको छ ।

कोरोनाभाइरसबाट नर्वेमाम ५८ हजार ४ सय ४५ जना संक्रमित भएका छन् भने ५ सय १७ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal