आज :

अबदेखि राजस्व कार्यालयमा गएर लामो लाइन नबसी घरबाटै कर तिर्न सकिने

काठमाडौं । करदाताहरूले आन्तरिक राजस्व कार्यालयहरूको राजस्व आफ्नो मोबाईल बैंकिङदेखि सहजै भुक्तानी गर्न सक्ने भएका छन् । अबदेखि करदाताले एभरेष्ट बैंक मार्फत भुक्तानी हुने कर फोन पे नेटवर्कमा आबद्ध कुनै पनि बैैंकको मोबाईल बैंकिङ मार्फत भुक्तानी गर्न सकिने भएको हो । शुक्रबार सूचना तथा सञ्चार शाखा पmोन पे पेमेन्ट सर्विस लिमिटेडले एक प्रेस विज्ञप्ति जारी गरी सो जानकारी गरेको हो ।

मोबाईल बैंकिङ मार्फत कर भुक्तानी गर्ने विषयमा एभरेष्ट बैंक र फोन पे पेमेन्ट सर्विस लिमिटेडका बिचमा सम्झौता समेत भएको पनि उल्लेख छ । सम्झौता पत्रमा एभरेष्ट बैंकका तर्फबाट सहायक महाप्रबन्धक आशु्तोष शर्मा र फोन पे का तर्फंबाट प्रमुख टेक्नोलोजी अफिसर दिवस सापकोटाले हस्ताक्षर गरेका हुन् । करदाताले आन्तरिक राजस्व विभाग अन्तरगतका कुनैपनि राजस्व कार्यालयको भ्याट, सम्पती कर, व्यवसाय कर तथा अन्य शेवा शुल्क मोबाईल बैंकिङबाट सहजै भुक्तानी गर्न सकिनेछ । मोबाईल बैकिङमै यो सेवा उपलब्ध भएसँगै राजस्व कार्यालयमा गएर लामो लाइन बस्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ ।

फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली अपरेटर हो । फोनपे नेटवर्कमा ५२ वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् भने एक लाख ६० हजार बढि मर्चेन्ट रहेका छन् । ११ लाख मोबाईल बैंकिङ प्रयोगकर्ता तथा ३२ लाख बढि भुक्तानी सेवाप्रदायकका मोबाईल एप्स्मार्फत यसले सेवा प्रदान गर्दै आएको छ । फोन पे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’पीसीआइ डिएसएस भि थ्रि.टु.वान (PCI DSS v3.2.1) प्रमाणीकरण प्राप्त संस्था रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal