आज :

अमेरिकामा ट्रम्पले लगाए संकटकाल, जो बाइडनको शपथ कार्यक्रम प्रभावित 

काठमाडौं । राष्ट्रपति ट्रम्पले संककटकाल घोषणा गरेका छन् । नव निर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ समारोह हुने शहर वाशिङटन डिसीमा ट्रम्पले संकटकाल घोषणा गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

ट्रम्पविरुद्ध अमेरिकामा महाभियोग दर्ता भएको छ । संसदमा महाभियोगमाथि मतदान गर्ने तयारी भइरहँदा ट्रम्पले संकटकाल घोषणा गरेका हुन् । ट्रम्पले जनवरी ११ देखि २४ जनवरी सम्म २ साताको लागि वाशिङटन डिसीमा संकटकाल घोषणा गरेका छन् ।

संसदमाथिको हमलापछि फेरि दंगा भट्किने सक्ने भन्दै ट्रम्प प्रशासनले दुई हप्ता लामो संकटकाल घोषणा गरेको बताइएको छ । नयाँ राष्ट्रपतिको शपथ समारोहलाई प्रभावित गर्ने नियतले ट्रम्पले संकटकाल घोषणा गरेको बताइएको छ ।

साथै आपतकालको समयमा ट्रम्पका समर्थकहरुले हिंसा मच्चाउन सक्ने भन्दै स्थानीय प्रहरी र संघीय अनुसन्धान अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । यसअघी अमेरिकी संघीय अनुसन्धान ब्युरो एफबीआईले ट्रम्पका समर्थकहरुले अमेरिकाको ५० वटा राज्यहरुमा हतियार सहित प्रदर्शन हुन लागेको खुलासा गरेको थियो ।

ट्रम्पको निर्देशनमा संसद भवनमा गरिएको हमलामा पाँच जनाको ज्यान जानुको साथै सयौं व्यक्ति घाइते भएका थिए । क्यापिटल हाउसमा भएको घटनाबारे ट्रम्पले एक पहिलामात्रै सार्वजनिक अभिव्यक्ति दिँदै घटनापूर्व आफूले बोलेका कुरा जायज रहेका समेत बताएका थिए ।

चुनावमा धाँँधली भएको भन्दै ट्रम्पले परिणामलाई अस्वीकार गर्दै आएका छन् । सुरुमा सत्ता सजिलै नछोड्ने बताउँदै आएका ट्रम्प संसद भवनमा भएको घटनापछि भने शान्तिपूर्ण रुपमा सत्ता हस्तान्त्रण गर्न तयार भएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal