आज :

जाँदाजाँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग

काठमाडौं । बिदा हुन एक हप्ताभन्दा केही दिन बढी मात्र बाँकी रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग दर्ता हुन लागेको छ । चुनावी परिणामलाई अन्तिम घोषणा गर्न अवरोध पुर्याउन ट्रम्पले संसद भवनमा गरेको हमलाले उनीमाथि महाभियोग लाग्न लागेको हो ।

नवनिर्वाचित राष्ट्रपति जो बाइडनको पार्टी डेमोक्रयाट्स पार्टीले ट्रम्पविरुद्ध महाभियोग लगाउने अन्तिम तयारी गरेको छ । उसले ट्रम्पको राजिनामा मागेको छ । राजिनामा नदिए संविधानअनुसार उपराष्ट्रपतिले बर्खास्त नगरे महाभियोग लगाउने डेमोक्र्याट्सको तयारी छ ।

यो कुरा तल्लो सदनकी सभामुख नान्सी पेलोसीले समेत बताइसकेकी छन् । उनले ट्रम्पले राजीनामा नदिए वा उपराष्ट्रपतिले संविधानको २५ औं संशोधन बमोजिम राष्ट्रपतिलाई बर्खास्त नगरे डेमोक्र्याट्सले राष्ट्रपतिविरुद्ध महाभियोग ल्याउने बताइसकेकी छन् ।

बीबीसीका अनुसार डेमोक्र्याट्सका एक वरिष्ठ नेताले अमेरिकी प्रतिनिधिसभामा महाअभियोग दर्ता हुन सक्ने र महाअभियोगमाथि मंगलबार नै मतदान समेत हुन सक्ने बताएका छन् । ट्रम्पको उक्साहटमा संसदमा आ क्रमण भएको जनाउँदै डेमोक्र्याट्स आक्रोसित भएको छ ।

यसैबीच अमेरिकी उपराष्ट्रपति माइक पेन्स जनवरी २० मा हुने जो बाइडेनको सपथ ग्रहण समारोहमा उपस्थित हुने भएका छन् । ट्रम्पका विश्वास पात्र पेन्सले नयाँ जनादेशलाई स्वीकार गरेका छन् । तर, ट्रम्पले भने जनमतलाई स्वीकार गर्न सकेका छैनन् । उनले बाइडेनको सपथ ग्रहण कार्यक्रम बहिस्कार गर्ने बताइसकेका छन् ।

उपराष्ट्रपति पेन्सले नै नोभेम्बरमा भएको राष्ट्रपतिको निर्वाचन परिणामलाई प्रमाणीकरण गरी बाइडेन अमेरिकाको राष्ट्रपति निर्वाचित भएको घोषणा गरेका थिए । तर यस महाभियोगका बारेमा उपराष्ट्रपति पेन्सले कुनै प्रतिक्रिया नदिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal