आज :

आफ्नै मैदानमा स्टोक सिटीले लेस्टर सिटीसँग खायो चार गोल

काठमाडौं । लेस्टर सिटीसँग स्टोक सिटीले चार गाेल खाएको छ । गएराति इङ्ग्लिस फुटबल प्रतियोगिता एफ ए कपमा भएको खेलमा स्टोकले कुनै पनि गोल गर्न सकेन । यो जितसँगै लेस्टर खेलको चौथो चरणमा प्रवेश गरेको छ ।

स्टोकको घरेलु मैदानमा भएको खेलमा सुरुवाती आधा घण्टा गोलरहित बराबरी खेलेको लेस्टरले ३४ औं मिनेटमा अग्रता बनाएकाे थियाे । लेस्टरका लागि जस्टिनले पहिलाे गोल गर्न सफल भए ।

समाचार एजेन्सीहरुका अनुसार पहिलो हाफमा एक गोलको अग्रता बनाएको लेस्टरका लागि ५९ औं मिनेटमा ल्ब्राइटोनले दोस्रो गोल गरे । त्यसपछि ७९ औं मिनेटमा योजी पेरेजले गोल गर्दै टिमलाई तीन शून्यले अगाडि राखे । बारनेसले ८१ औं मिनेटमा गोल गरेपछि लेस्टरले चार शून्यको सहज जित निकाल्यो । यो खेलमा लेस्टरका मुख्य खेलाडी भार्डीले खेलेका थिएनन् ।

यस्तै अर्को खेलमा सेफिल्डले ब्रिस्टोल रोभर्सलाई तीन दुईले हरायो भने स्वान्से सिटीले स्टेभेनागलाई दुई शून्य गाेलले पराजित गर्यो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal