आज :

ट्रम्पको ट्वीटर खाता सदाको लागि बन्द, यस्तो छ कारण

काठमाडौं । केहीमै पूर्व राष्ट्रपति हुन लाथेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर खाता सधैंको लागि बन्द हुने भएको छ । सामाजिक सञ्जाल ट्वीटरले  ट्रम्पको खाता स्थायीरुपमा बन्द गर्ने निर्णय गरेको हो ।

विभिन्न व्यक्ति वा संस्थामाथि त्यही खाताबाट ट्रम्पले आरोप र घृणा तथा हिं.सा फैलाउँदै आएका थिए । पछिल्लो पटक अमेरिकी संसदमाथि हमला गर्न लगाएसँगै ट्वीटरले ट्रम्पले हिं.सालाई उकास्ने खतरा रहेको भन्दै ट्रम्पको ट्वीटर खाता स्थायीरुपमा निलम्बन गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

चुनावी परिणामलाई औपचारिकता दिने कार्यक्रम अवरोध गर्ने गरी ट्रम्पका समर्थकहरूले बुधबार अमेरिकी संसदमै ह मला गरी मानिसहरूको ह.त्या गरेका थिए । घटनापछि ट्रम्पको खातामा १२ घण्टे प्रतिबन्ध लगाएको ट्वीटरले ट्रम्पको खाता स्थायी रुपमा निलम्बन गरेको हो ।

यसैबीच अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको पद तथा गोपनीयताको शपथ कार्यक्रममा राष्ट्रपति डोनाल्ड ट्रम्प अनुपस्थित हुने भएका छन् । ट्रम्पले ट्वीट गर्दै यस्तो जानकारी दिनुभएको हो । संसद हमलाको घटना लगत्तै सामाजिक सञ्जालहरूमा ट्रम्पमाथि प्रतिबन्ध लागेको थियो ।

१२ घण्टापछि ट्वीटरले प्रतिबन्ध हटाएलगत्तै ट्रम्पले शान्तिपूर्ण ढंगले सत्ता हस्तान्तरण हुने लेखेका थिए । त्यसपछि अर्को ट्वीटमा आफू जनवरी २० मा आयोजना हुने शपथमा आफू सहभागी नहुने जानकारी ट्रम्पले गराएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal