आज :

आजबाट वातावण प्रदूषण घट्ने तर घर बाहिर ननिस्कन सुझाव

काठमाडौं । आजबाट वायु प्रदूषण (हावाकाे गुणस्तर सूचकाङ्क मानक) विस्तारै घट्ने बताइएको छ । आज घाम लाग्ने र हावा चल्ने भएकोले काठमाडौं उपत्यकासहित देशभर फैलिएको प्रदूषण घट्ने वातावरण विभागले जनाएको छ ।

विभागको अनुसार जनजीवनका लागि घातक प्रदूषण उपत्यकामा साेमबार र मंगलबार अहिलेसम्मकै उच्च तहमा पुगेको थियो । केही दिनदेखि मौसम परिवर्तनसँगै आकाश नखुलेको र हावा नचलेपछि काठमाडौंसहित देशका मुख्य शहरमा प्रदूषण खतराको संकेत भन्दा धेरै माथि पुगेको थियो ।

काठमाण्डौ उपत्यकामा यसअघि वायुको गुणस्तर एअर क्वालिटी इण्डेक्स (एक्वुआई) अधिकतम दुई सय नजिक पुगेकोमा साेमबार तीन सय नाघेको थियो । योसँगै चिन्ता बढेको थियो । वातावरण विभाग र स्वास्थ्य मन्त्रालयले घर बाहिर ननिस्कन समेत भनेको थियो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले स्वास्थ्यका लागि एक्वुआई २५ हुनुपर्ने बताएको छ भने ५० सम्म हुनुलाई राम्रो मानिन्छ । एक्वुआई १ सय ५० सम्म पुग्दा संवेदनशील र २ सय सम्म पुगे सबैका लागि अस्वस्थ मानिन्छ । एक्वुआई ३ सय पुग्नु सबैका लागि घातक रहेको जोशीले बताए ।

चिसो, घाम तथा हावा नलागेको कारण वायुमण्डलमा भएका धुलो तथा धुवाँका कणहरू सतहको नजिक थिग्रिएकाले पनि प्रदूषण बढेको वातावरण विभागले जनाएको छ ।

प्रदूषणका कारण आँखा पोल्ने, रुघा लाग्ने, खोकी लाग्ने, छाला चिलाउनेलगायतका लक्षण अल्पकालीन रूपमा देखिएका छन् भने मुटु, फोक्सो तथा मस्तिष्कमा हुने खराब असर दीर्घकालमा देखिन सक्ने जनस्वास्थ्यविद् बताउँछन् । एअर क्वालिटी इण्डेक्स ३ सय भन्दामाथि पुगेमा सरकारले आपत्कालीन अवस्था घोषणा गर्न सक्छ ।

वातावरण विभागले सूचना निकालेर बालबालिका वृद्धवृद्धा, दम, खोकी, श्वासप्रश्वासलगायतका समस्या भएका व्यक्तिलाई घरबाहिर ननिस्कन आग्रह गरेको हो ।

काठमाण्डौबाहिरका नेपालगञ्ज, विराटनगरलगायतका सहरमा पनि प्रदूषण बढेकाले विशेष सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । यस्तै आगो बाल्दा प्रदूषण झनै बढ्ने र अवस्था गम्भीर हुन सक्ने भएकाले आगो नबाल्न पनि विभागको अनुरोध छ ।

अघिल्लो वर्ष भारतको दिल्लीमा प्रदूषण बढेपछि जनस्वास्थ्य सङ्कटकाल लगाइएको थियो भने चीनको बेइजिङमा मासु पोल्न नपाइनेलगायतका कडा नियम जारी गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal