आज :

ओलीलाई छोडेर कर्णाली प्रदेशका मन्त्री रावलसहित हुम्लाका २८ जना प्रचण्ड–नेपालतिर

काठमाडौं ।  सत्तारुढ (नेकपा) भित्र राजनीतिक उथलपुथल् हुने क्रम जारी रहेकै बेला कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्रि दल रावलसहित २८ जना हुम्ला जिल्लाका प्रभावशाली नेताहरु ओली समुहलाई त्यागेर प्रचण्ड–नेपाल समुहमा लागेका छन् । नेपाल कम्युनिस्ट पार्टी हुम्ला जिल्लाका सचिवसमेत रहेका मन्त्री रावलले आइतबार वक्तव्य जारी गर्दै प्रधानमन्त्री केपी सर्मा ओली समूह छोडेर प्रचण्ड–नेपाल समूहमा फर्किएको घोषणा गरेका हुन् । मन्त्री रावल फर्किएसँगै हुम्ला जिल्लामा प्रचण्ड–माधव समूहको नेतृत्व स्पष्ट बहुमतमा देखिएको छ ।

आइतबार प्रेस वक्तव्य जारी गरेर प्रचण्ड–नेपाल समूहमा खुलेका नेताहरुः

प्रचण्ड नेपाल समूहमा नेकपाका हुम्ला जिल्लाका अध्यक्ष लालकेश जैसी, जिल्ला इन्चार्ज विजय भण्डारी, छक्कबहादुर लामा, उनका स्वकीय सचिव नेत्र महतारा, छिर्मीदोर्जी लामा, हस्तबहादुर शाही, कलबहादुर हमाल, लोकबहादुर हमाल, ज्ञामी बुर्मी, तीर्थराज रोकाया, कार्चेन लामा, पूर्णप्रसाद ढकाल, शिवराज शर्मा, महेन्द्रबहादुर शाही, अदानचुली गाउँपालिका उपाध्यक्ष सौमती ऐडी र ताजाँकोट गाउँपालिका अध्यक्ष बागदल मल्ल, उपाध्यक्ष मञ्जु बुढा, गोपाल बुढा, अखवीर खड्का, चखेली गाउँपालिका अध्यक्ष धनलाल चौलागाईं, सर्केगार्ड गाउँपालिका अध्यक्ष कृष्ण रोकाया, उपाध्यक्ष जोशी धामी, नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामा, नरदीप थापा, डबल रावत, मुस्कान लामा, अजमल बुढा, दलपती नेपाली र युवा संघ हुम्लाका संयोजक सुवास रोकाया, सहसंयोक कार्मा लामा, केन्द्रीय सदस्य अखिल शाही, प्रेमा लामा, उपेन्द्र शाहीलगायतका नेता–कार्यकर्ता प्रचण्ड–नेपाल समूहमा उभिएका छन् । ओली पक्षभन्दा जिल्ला कमिटीमा बहुमत भएको प्रचण्ड–नेपाल पक्षको दाबी रहेको छ ।

 

फोटोः नेत्र महताराको फेसबुकबाट

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal