आज :

प्रधानमन्त्रीलाई लक्षित गरेर विमानस्थलमा शक्तिशाली वि’स्फोट, २२ जनाको मृत्यु

काठमाडौं। यमनका प्रधानमन्त्रीलाई लक्षित गरेर विमानस्थलमा शक्तिशाली वि स्फोट भएको छ । वि स्फोटमा परी दुई उपमन्त्री सहित ५० जना घाइते भएका छन् भने २१ जनाको ज्यान गएको छ ।

यमनका प्रधानमन्त्री मीन अब्दुल मलिक सइदले आफू र मन्त्रिपरिषद् सदस्यहरू सकुशल रहेको बताउनुभएको बीबीसीले जनाएको छ । केही समयअघि गठन भएको सरकारका सदस्यहरू चढेको विमान छिमेकी साउदी अरेबियाबाट आएर अवतरण गरेको केहीबेरमै वि स्फोट भएको थियो ।

यमनको एउटा समाचार वेबसाइट अल-मस्दरले वि स्फोट दक्षिणी भागमा रहेको एडन सहरको विमानस्थलमा भएको र श्रम मन्त्रालयका उप-सचिव मारिएका र दुई जना उप-मन्त्री घाइते भएका उल्लेख गरेको छ । यमनका सूचना मन्त्रीले हुथी वि द्रोहीहरूल वि स्फोट गराएको आरोप लगाएका छन् तर उनीहरुले घटनाको जिम्मा लिएका छैनन् ।

यमन सन् २०१५ देखि द्वन्द्वको चपेटामा छ । यमनमा द्वन्द्वका कारण एक लाख १० हजारभन्दा धेरैले ज्यान गुमाइसकेका बताइएको छ । द्धन्दका कारण यमनका लाखौं मानिसलाई भोकमरीको चपेटामा पारेको छ । कोरोना महामारीले यमनको अवस्था झन् कमजोर बनाइदिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal