News Portal

  • खस्कियो आज अमेरिकी डलरको भाऊ, यस्तो छ अन्य मुलुकको विनिमयदर

    डबली संवाददाता२०७७ पौष १४ गते
    १८५ पटक

    काठमाडौं । विदेशी विनिमयदर अन्तर्गत नेपाल राष्ट्र बैंकले आजको अमेरिकी डलरको बिक्रीदर ११७ रुपैंया ९२ पैसा र खरिददर ११७ रुपैंया ३२ पैसा तोकेको छ । यस्तै युरोपियन युरो को बिक्रीदर १४४ रुपैंया ४३ र खरिददर १४३ रुपैंया ६९ पैसा तोकेको छ । चिनियाँ युआन एक को बिक्रीदर १८ रुपैंया ०४ पैसा तोकेको छ भने खरिददर १७ रुपैंया ९५ पैसा तोकेको छ । यस्तै एक पाउण्डको बिक्रीदर १५९ रुपैंया ८० पैसा र खरिददर १५८ रुपैंया ९९ पैसा रहेको छ ।

    यसरी हेर्दा हिजोको तुलनामा आजको विदेशी विनिमयदर थोरै पैसाले घटेको देखिन्छ । हिजोको अमेरिकी एक डलरको बिक्रिदर र खरिददर क्रमशः ११७.९८ र ११७.३८ रहेको थियो भने आज बिक्रीदर र खरिददर ६ पैसाले घटेर क्रमश ः११७ रुपैंया ९२ पैसा र ११७ रुपैंया ३२ पैसा पुगेको छ । अन्य केहि मुलुकको पनि विनिमयदरमा केहि गिरावट आएको देखिन्छ ।
    अन्य मुलुकको विनिमयदर यस्तो छ ः

    प्रतिकृया दिनुहोस्