आज :

आजबाट ड्राइभिङ लाईसेन्सको लागि फारम खुला, एक दिनमा कति जनाले दिन पाउँछन् ?

काठमाडौं । कारोना महामारीसँगै बन्द भएको सवारी चालक अनुमतिपत्रका फारम खुला भएको छ । आजबाट यातायात कार्यालयले निश्चित कोटाका आधारमा अनलाइनबाट फारम लिने भएको छ ।

यातायात विभागका निर्देशक डा.लोकनाथ भुसालका अनुसार स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर आजदेखि सातै प्रदेशमा सवारीचालक अनुमतिपत्रका लागि अनलाइन फाराम खुला गरिएको हो । लकडाउन अगाडि लिखित परिक्षा दिएर पनि ट्रायल दिन नपाएका परीक्षार्थीको चाँडै ट्रायल परीक्षा लिने विभागले जनाएको छ ।

फारमको लागि कोटा लागु गरिएको छ । मोटरसाइकलमा  दैनिक १ सय, स्कुटर र चारपाङग्रे सवारीमा ५०/५० गरी कुल २ सयले अनलाइन आवेदन दिन पाउने व्यवस्था गरिएको छ । यस्तै, लिखित परिक्षा पास गरेका परिक्षार्थीले अब १८ महिनासम्म ट्रायल दिन पाउने भएका छन् ।

यसको लागि विभागले आन्तरिक तयारी गरीरहेको र कानुनी जटिलता समाधान भएसँगै ट्रायल लिने विभागले जनाएको छ । उपत्यकामा चारसहित देशभर विभागका १७ कार्यालयबाट अनुमतिपत्र वितरण, नवीकरण गरिँदै आएको छ ।

लकडाउनका कारण लिखित परीक्षा पास भएर ट्रायल दिन नपाएका र पहिलोपल्ट ट्रायलमा फेल भएका परिक्षार्थीलाई लाभान्वित हुने गरि यो नियम जारी गर्ने तयारी भएको हो । कोरोना महामारीसँगै चैत्रबाट सवारी चालक अनुमतिपत्रका सबै कामहरु रोकिएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal