आज :

प्रचण्ड-नेपाल समूह निर्वाचन आयोगमा

काठमाडौँ । (नेकपा) को प्रचण्ड-नेपाल समूह निर्वाचन आयोग पुगेको छ । अध्यक्ष प्रचण्ड र माधव कुमार नेपालसहित केन्द्रीय सदस्यीहरु आयोगमा पुगेका हुन् ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार शुक्रबार प्रचण्ड–नेपालको नेतृत्वमा शीर्ष नेताहरु, स्थायी कमिटी सदस्यहरु, प्रतिनिधिसभाका सांसदहरु, राष्ट्रिय सभाका सांसदहरु र केन्द्रीय सदस्यहरुलगायतका नेता कार्यकर्ताहरु उपस्थित भएर संसद विघटनको विरोध गर्नुको साथै आफ्नो समूह आधिकारिक भएको दाबी गरेका छन् । आयोगलाई दवाव दिने उद्देश्यले नेताहरु माइतीघरमा विहान प्रदर्शन गरेका थिए ।

माइतीघरबाट सबै जना निर्वाचन आयोग गए पनि भित्र भने शीर्ष नेताहरुलाई मात्रै प्रवेश दिइएको छ । निर्वाचन आयोगका अधिकारीहरुलाई भेटेर आफूहरुसँग बहुमत केन्द्रीय सदस्य भएकाले आफ्नो समूह नै आधिकारिक नेकपा भएको जानकारी दाहाल-नेपाल समूहले जानकारी दिने बताएको छ ।

‘प्रतिनिधसभा विघटनको असंवैधानिक कदम खारेज होस्’, ‘हामी यहाँ छौँ’ भन्ने नारा लेखिएका प्लेकार्डसहित नेताहरु उपस्थित भएका छन् । विरोध प्रदर्शनमा नेता कार्यकर्ताले नाराबाजी समेत गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal