आज :

प्रचण्ड-नेपाल समूहले आज सर्वोच्च र निर्वाचन आयोग घेर्ने, २५ सय १ सदस्यीय आन्दोलन कमिटी गठन

काठमाडौँ । (नेकपा) को प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोग र सर्वोच्च अदालत घेर्ने भएको छ । संसद विघटनविरुद्ध परेका रिटमाथि बहस हुने समयमा सर्वोच्च अदालत घेराउ गर्ने सो समूहको विहीबार बसेको केन्द्रीय समिति बैठकले निर्णय गरेको छ ।

त्यसैगरी आफूहरु आधिकारिक भएकोले आधिकारिकताको लागि निर्वाचन आयोग पनि घेराउ गरेर दवाव दिने सो समूहले बताएको छ । प्रचण्ड माधव समूहका केन्द्रीय सदस्य र सांसदहरुलाई विहान ९ बजे माइतीघर मण्डलामा उपस्थित हुन निर्देशन जारी गरिएको छ ।

संसद विघटन गर्ने ओलीको कदमविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शनपछि सोही टोली १० बजे सर्वोच्च अदालत घेराउ गर्न जानेछ । त्यसपछि दिउँसो १२ बजे निर्वाचन आयोग घेराउ गर्न जाने कार्यक्रम रहेको छ । संसद विघटनबारे आज सर्वोच्चको संवैधानिक इजलालमा बहस हुँदैछ र आधिकारिकताको लागि निर्वाचन आयोगले अध्ययन सुरु गरेको छ । संसद पुर्नस्थापनाको लागि दवाव दिने उद्देश्यले सो समूहले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा सर्वोच्च अदालत घेराउ गर्ने विहीबार बसेको केन्द्रीय समिति बैठकले निर्णय गरेको हो ।

त्यसैगरी प्रचण्ड नेपाल समूहले संघटन विघटन गर्ने कदम असंवैधानिक भएको बताउँदै देशभर चरणबद्ध संघर्षका कार्यक्रम समेत सार्वजनिक गरेको छ । पहिलो चरणका कार्यक्रमअनुसार राजधानी काठमाडौँसहित देशभर विरोध प्रदर्शनलगायतका कार्यक्रम सार्वजनिक गरेको छ । जसमा पुस १४ गते देशभर एकै साथ विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध आन्दोलनमा जाने घोषणा गरेको सो समूहले २५ सय १ सदस्यीय आन्दोलन कमिटी पनि घोषणा गरेको छ ।

बिहीबार बबरमहलको कार्की पार्टी प्यालेसमा बसेको प्रचण्ड–नेपाल समूहको बैठकले यस्तो निर्णय गरेको हो। यो समूहले विहान १० बजे सर्वोच्च अदालत र १२ बजे निर्वाचन आयोग जाने निर्णय गरेको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार संसद ज्युँदै छ भन्ने सन्देश दिन सर्वोच्च अदालत र निर्वाचन आयोग जाने विहीबारको बैठकले निर्णय गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal