आज :

बादल गएपनि हामी ओली समूहमा जान सक्दैनौंः मन्त्री केसी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भइसकेको छ । अब निर्वाचन आयोगले कसलाई आधिकारिकता प्रदान गर्छ हेर्न मात्रै बाँकी छ । त्यस्तै, सर्वोच्च अदालतले संसद पुर्नस्थापना गर्नेबारे कस्तो फैसला गर्छ ।

यी दुई निर्णयलाई सबैले हेरिरहेका छन् । त्यसैगरी ओली र प्रचण्ड कुनैपनि समूहमा नखुलेका उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा बादलको अन्तिम निर्णय पनि मानिसहरुको चासोको विषय बनेको छ ।

स्रोतका अनुसार गृहमन्त्री बादलले ओलीतिर लाग्नु आफू निकट नेताहरुलाई संकेत गरिसकेका छन् । बुधबार पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा लामो छलफल गरेका थिए । बादलले आफू गृहमन्त्री भइराख्ने र पार्टीमा पनि ओली पछिको बरियता खोजेको बताइएको छ । त्यसमा ओलीले पार्टीको बरियता महाधिवेशपछि गर्ने तर गृहमन्त्री भइराख्ने प्रष्ट भनिसकेको बताइएको छ ।

चुनावी गृहमन्त्री बादललाई नै बनाउने बचनपछि ओलीसँगको निकटता बढेको बताइएको छ । मंगलबार र बुधबार विहान प्रचण्ड बादलकै निवासमा पुगेर छलफल गरेका थिए । तर, बादलले कुनै जवाफ दिएनन् । साथीहरुसँग सल्ला गरेर खबर भनेर प्रचण्डलाई जवाफ दिएका थिए ।
लामो समयदेखि बादल समूहमा रहेर काम गरेका पूर्वमाओवादी नेताहरुले प्रचण्डतिर ल्याउने प्रयास गरिरहेका छन् । तर, सकारात्मक छैन छलफल । वैद्यबाट फर्केने बेला सँगै गएका देवप्रसाद गुरुङ, पम्फा भुसाललगायतका नेताहरु प्रचण्डतिर खुलेर लागिसकेका छन् । नखुलेका लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसी, हिमतमान शाक्य लगायतका नेताहरु पनि प्रचण्डतिरै लागेको बताइसकेका छन् । मन्त्री केसीले संचारमाध्यममै आफू प्रचण्ड समूहतिर लागेको बताइसकेका छन् ।

केसीले प्रदेशका आफू निकट नेताहरुलाई पनि प्रचण्डतिर लाग्न निर्देशन दिइसकेका छन् । एक नेताका अनुसार केसीले बादल ओलीतिर लागेपनि आफूहरुले त्यस्तै प्रतिगामी बाटोमा नलाग्ने बताएका छन् । “बादल दाईलाई हामीले पुरानो बिरासत नभुल्नुस् भनेका छौं तर मान्नु भएको छैन । ओलीतिरै लाग्ने सम्भावना बढी छ । बादल गएपनि ओलीको कदम प्रतिगामी छ, त्यसमा हामी जानु हुँदैन” केसीको भनाई उदृत गर्दै एक नेताले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal