
हुम्ला । हुम्लामा जनता समाजवादी पार्टी नेपालको प्रदर्शन हुम्ला -जनता समाजबादी पार्टी हुम्लामा प्रधानमन्त्री केपी शर्मा ओलीको संसद बिघटन गर्ने कदमलाईअसंवैधानिक भन्दै बिरोध प्रर्दशन गरेको छ।
प्रधानमन्त्री ओली र राष्ट्रपति बिद्यादेवी बिरुद्ध चर्का नारा लगाएर उक्त पार्टीले हुम्लामा बिरोध प्रर्दशन गरेको हो। पार्टी कार्यालयबाट बिरोध र्यालीले सिमकोट बजार परिक्रम गरेको थियो।बिरोध प्रर्दशनमा प्रधानमन्त्रीको संसद बिघटन गर्ने असबैधानिक कदम मुर्दाबाद, मुलुकलाई दिसाहिनतातर्फ धकेल्न पाइदैन, प्रधानमत्रीको कदम मुर्दाबाद, केपी विद्या हर्कत मुद्र्धाबाद, प्रजातन्त्रबादी शक्ति एक हौ, जनप्रतिनिधिको सर्बोच्चता जिन्दाबाद लगाएताका नारा लगाइएको थियो।
काली चोक, बालमन्दिर, काठेचुली, जिल्ला प्रशासन हुदै धुपी रुखसम्म र्याली पुगेको थियो। र्यालीको अगाडी पछाडी सुरक्षाकर्मीको उपस्थिती बाक्लो थियो। प्रधानमन्त्रीको कदम बिरुद्ध यो दोस्रो सबरोध कार्यक्रम हो। यसअघि प्रचण्डा पक्षको नेकपाले गत पुस ६ गते राँके जुलुश निकालेको थियो।