आज :

प्रचण्ड–नेपाल समूहको संसदीय दलको नेता प्रचण्ड चयन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेतामा प्रचण्डलाई चयन गरेको छ । आज बसेको संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेता चयन गरेको हो ।

बुधबार बसेको बैठकले पार्टी अध्यक्ष बनेको भोलिपल्ट माधव नेपालको प्रस्तावमा प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको हो । बैठकमा नेपालले प्रचण्डलाई संसदीय दलको नेतामा सर्वसम्मतिले निर्वाचित भएको घोषणा गरेका थिए ।

आजको बैठकमा प्रतिनिसभाका निवर्तमान र राष्ट्रियसभाका गरी १ सय १५ सांसद उपस्थित थिए । मंगलबार बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष र दलको नेताबाट केपी शर्मा ओलीलाई हटाएको थियो । अध्यक्ष वरिष्ठ नेता माधव कुमार नेपाललाई मंगलबार नै अध्यक्ष चयन गरिसकेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal