आज :

पार्टी कार्यालय कब्जाको होडबाजीमा ओली–प्रचण्ड समूह, केन्द्रीय कार्यालय कसले कब्जा गर्ला ?

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता कार्यकर्ताहरुले पार्टी कार्यालय कब्जाको होडबाजी चलाएका छन् । केन्द्रीय कार्यालयमा कसैले ताला लगाउने हिम्मत नगरेपनि जिल्ला र प्रदेश कार्यालय कब्जाको होडबाजी चलेको छ ।

जिल्ला र प्रदेशमा जसको पहुँच छ, उनीहरुले ताला लगाउँदै कार्यालय कब्जा गरिरहेका छन् । अहिलेसम्म देशभरका करिब दुई दर्जन पार्टी कार्यालय दुबै पक्षले कब्जामा लिएका छन् ।

जिल्ला र प्रदेशमा कमजोर पक्ष पछि हटेको छ भने बलियोले स्वत कब्जा गरेजस्तै भएको छ । करिब दुई दर्जन जिल्लामा कार्यालय खोसाखोस भएको छ । काभ्रेमा ओली समूहका जिल्ला नेताहरुले कार्यालयमा ताला लगाएका छन् भने कैलालीमा प्रचण्ड–नेपाल समूहका नेताहरुले कब्जामा लिएका छन् ।

केन्द्रमा फरकफरक समय र स्थानमा केन्द्रीय समिति बैठक बसिरहँदा जिल्लाहरुमा भने पार्टी कार्यालय र दस्तावेज कब्जाको होडबाजी चलिरहेको थियो । यो क्रम जारी छ । प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरुले धनगढीस्थित कैलालीको पार्टी कार्यालयमा ताला लगाएर कब्जामा लिएका छन् ।

जिल्ला अध्यक्ष रतन थापा ओली समूहतिर लागेपछि अर्को समूहले कार्यालयमा ताला लगाएर कब्जामा लिएको बताएको छ । मंगलबार दिउँसो प्रचण्ड नेपाल समूहका कार्यकर्ताले ताला लगाएका हुन् । सोडारीलाई नै यो समूहले नयाँ अध्यक्षको जिम्मेवारी समेत दिएको छ । यसअघि प्रचण्ड नेपाल समूहले नै सुदूरपश्चिम प्रदेश स्तरिय कार्यालय पनि कब्जा गरेको थियो ।

(नेकपा)सँग दुईवटा केन्द्रीय कार्यालय छन् । एउटा धुम्बाराही र कोटेश्वारमा । पूर्वमाओवादी र पूर्वएमालेका दुबै कार्यालय संचालन राख्ने र पार्टी बैठक दुबै कार्यालमा राख्ने सहमति एकताको बेला भएको थियो । अब कुन पार्टी कार्यालय कसले कब्जा गर्छ हेर्न बाँकी छ ।

यसअघि पूर्वएमालेको पार्टी कार्यालय ओली समूह र पूर्वमाओवादीको पाटी कार्यालय प्रचण्ड नेपाल समूहले लिने सम्भावना बढी छ । तर अहिले नै भन्न सकिँदैन । जिल्ला र प्रदेशमा पार्टी कार्यालय कब्जाको होडबाजी चलेपनि केन्द्रमा दुबै समूह मौन छन् । तर, दुबै समूहले .केन्द्रीय कार्यालय कब्जा लिने आन्तरिक तयारीमा भने लागेका छन् ।

त्यसैगरी बल्खुस्थित मदननगरमा रहेको पूर्वएमालेको कार्यालय पनि पार्टीकै नाममा छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal