आज :

२०७८ मंसिर २ गते महाधिवेशन गर्ने ओली समूहको निर्णय, प्रवक्तामा ज्ञवाली नियुक्त

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले २०७८ मंसिर २ गते पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तय गरेको छ ।

बैठकले पार्टीको केन्द्रीय कमिटी विघटन गर्दै ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटीको प्रस्ताव गरेका थिए । ओलीले ५५६ जना अहिले नै थपेका छन् भने १९७ जना पछि थप्ने बताएका छन् ।

बैठकमा ओलीले प्रथम अध्यक्षका हैसियतले मौजुदा केन्द्रीयमा ५५६ थपेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव गर्दै अनुमोदनको लागि आग्रह गरेका थिए । ओलीले नयाँ थप गरिएका केन्द्रीय सदस्यलाई बैठकमा स्वागत गरेका थिए । नयाँ को को हुन् भन्ने जानकारी गराइएन ।

त्यसैगरी ओली समूहको प्रवक्ता परराष्ट्रमन्त्री समेत रहेका नेता प्रदीप ज्ञवालीलाई तोकिएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी र नेतृत्वविरुद्ध गतिविधि गरेको भन्दै हटाइएको छ । नवनियुक्त प्रवक्ता ज्ञवालीले पुस ९ गते महाधिवेशन आयोजक कमिटीको पहिलो बैठक बस्ने जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal