आज :

अन्ततः फुट्यो (नेकपा), ओलीले घोषणा गरे ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अन्ततः विभाजन भएको छ । मंगलबार विहान बालुवाटार बसेको केन्द्रीय समिति बैठकबाट अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेसँगै (नेकपा) औपचारिक रुपमा विभाजन भएको हो ।

आफू निकट केन्द्रीय सदस्यहरुको आज बसेको बैठकमा ओलीले पार्टीलाई भंग गर्दै महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । अहिले भएका ४४६ जना केन्द्रीय सदस्यमा ५५६ जना थप गर्ने र बाँकी १९७ खाली राखेर ओलीले महाधिवेशन आयोजक कमिटी बनाएका छन् ।

विहान ९ बजे बोलाइएको केन्द्रीय समिति बैठक केही समय ढिला गरि सुरु भएको थियो । बैठकमा ओलीले संक्षिप्त रुपमा परिस्थितिको जानकारी गराउँदै महाधिवेशन जाने भन्दै आयोजक कमिटी घोषणा गरेका थिए ।

ओलीले पछि आउनेलाई खाली राखेर आयोजक कमिटी बनाएका छन् । केही नेताहरुले दुबै पक्षमा नखुलिसकेको अवस्था भएको कारण १९७ खाली राखिएको हो ।

बैठकमा ओलीले आफूले कसैलाई पनि कारवाही नगर्ने र पार्टी पनि नफुटाउने बताएका थिए । उनले धेरैले अनुमान गरेभन्दा फरक अभिव्यक्ति दिए । प्रचण्ड र माधव कुमार नेपाललगायतका नेताहरुलाई ओलीले कारवाही गर्ने अनुमान गरिएको थियो ।

त्यसैगरी अहिले १ बजे अर्का अध्यक्ष प्रचण्ड र नेता माधव कुमार नेपाल समूहले बोलाएको केन्द्रीय समिति बैठक पनि सुरु हुँदैछ । बबरमहलस्थित कार्की पार्टी प्यालेसमा आयोजना गरिएको बैठकमा ओलीलाई कारवाहीकोप्रस्ताव पेश गरिनेछ । र केन्द्रीय समिति पुर्नगठन गर्ने तयारी भइरहेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal