आज :

ओली समूहको केन्द्रीय समिति बैठक बालुवाटारमा, यी हुन् ओलीतिर लागेका केन्द्रीय सदस्यहरु

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको अन्तिम तयारीमा छ । आज दुबै समूहले अलगअलग केन्द्रीय समिति बैठक बोलाएर एक अर्कालाई कारवाहीको तयारीमा जुटेका छन् । नेताहरुका भनाईअनसार एकता नटुंगिँदै (नेकपा) विभाजन हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा र प्रचण्ड नेपाल समूहले बबरमहलस्थित कार्की पार्टी प्यालेसमा केन्द्रीय समिति बैठक बोलाएका छन् । ओलीले विहान ९ बजे नै बैठक बोलाएका थिए । अहिले बैठकको लागि केन्द्रीय सदस्यहरु बालुवाटार पुगेका छन् ।

संसद विघटन र मध्यावधि निर्वाचनको घोषणासँगै ओली र प्रचण्ड समूहले एक अर्काविरुद्ध आक्रामक बन्दै गएका छन् । अब एक ठाउँमा रहन सक्ने अवस्था नहरेको नेताहरु बताउँछन् । संसद विघटन गरेर ओलीले देशद्रोही काम गरेको भन्दै प्रचण्ड नेपाल समूहले आन्दोलनमा जाने निर्णय गरेको छ भने ओलीले हिम्मत भए चुनावमा गएर जितेर आउन चुनौती दिएका छन् ।

सोमबार पनि ओली प्रचण्ड पक्षीय सांसदहरुको भेला संसद भवनमै भयो । सांसदहरुले प्रतिनिधिसभा बैठक बोलाउन सभामुखलाई आग्रह गरेका थिए । संविधानले ओलीलाई संसद विघटन गर्ने अधिकार नदिएको भन्दै उनीहरुले त्यसलाई मान्न नहुने बताएका थिए ।

त्यसैगरी ओलीले बालुवाटारमा विहानै आफू निकट सांसद तथा नेताहरुको भेला आयोजना गरेका थिए । दिउँसो सम्बोधन गरेका थिए । यसमा ओलीले आफूले रहरले नभएर बाध्यताले संसद विघटन गरेको बताएका थिए । ओलीले पार्टीबाटै जनमतअनुसार काम गर्न नदिएको कारण ताजा जनादेशमा लागि चुनावमा जानुको विकल्प नभएका बताएका थिए ।

ओलीले बोलाएको बैठकको लागि बालुवाटारमा केन्द्रीय सदस्य पुगिसकेको बताइएको छ । ओली समूहतिर १४० जना केन्द्रीय सदस्य सहभागी हुने अनुमान गरिएको छ । तर, ओली समूहले २ सय केन्द्रीय सदस्य आफूसँग भएको दाबी गरिरहेको छ । कुल ४४१ केन्द्रीय सदस्यमा बहुमत हुनको लागि २२१ जना आवश्यक पर्छ । ओली समूहकै दाबीअनुसार पनि बहुमत नपुग्ने नै देखिएको छ । उता प्रचण्ड नेपाल समूहले आफूसँग २९७ केन्द्रीय सदस्य रहेको दाबी गरेको छ ।

यी हुन् ओली समूहतिर लागेका केन्द्रीय सदस्यहरुः 

केपी शर्मा ओली, ईश्वर पोखरेल, विष्णु पौडेल, किरण गुरुङ, छविलाल विश्वकर्मा, प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद रिमाल, सत्यनारायण मण्डल, सुवासचन्द्र नेम्बाङ, शंकर पोख्ररेल, केशवप्रसाद वडाल, पुष्षराज कँडेल, अईन्द्रसुन्दर नेम्वाङ, ईश्वरबहादुर रिजाल, एकबहादुर राना मगर, कैलाशप्रसाद ढुङ्गेल, खगराज अधिकारी, गोकुलप्रसाद घर्ती, देवीलाल चौधरी, नारायणबहादुर सिलवाल, अच्युतप्रसाद मैनाली, ईश्वरीप्रसाद भटट्राई, एकराज विश्वकर्मा, किशोरकुमार अधिकारी, केदारनाथ न्यौपाने, कृष्णबहादुर राई, खिमलाल भटट्राई, गुरुप्रसाद बराल, गोकुलप्रसाद बास्कोटा, गोरखबहादुर बोगटी, गौरीकुमारी ओली, गंगाप्रसाद यादव, जया घिमिरे, तिलबहादुर विश्वकर्मा, तैयव हुसेन मिया, दलबहादुर राना, दिनेशचन्द्र यादव, देवराज घिमिरे, देवीप्रसाद ज्ञवाली, नरुलाल चौधरी, पदमा अर्याल, पुरनसिंह दयाल, आनन्दप्रसाद पोख्ररेल, उमादेवी कोइराला, कर्णबहादुर थापा, कमलादेवी महतो, काशीराम अधिकारी, कृष्णगोपाल श्रेष्ठ, खेमप्रसाद लोहनी, गोविन्दबहादुर नेपाली, गोमा देवकोटा, जगतबहादुर सुनार, जगदीशप्रसाद कुसियत, तिलबहादुर महत क्षत्री, थममाया थापा, देवेन्द्र दाहाल, धर्मनाथ शाह, नजीर मियाँ ओली समूहतिर लागेका छन् ।

त्यसैगरी नारदमुनी राना, निरादेवी जैरु, पार्वत गुरुङ, खगेन्द्र राई, खेममान खड्का, जुलीकुमारी महतो, दीपकप्रसाद देवकोटा, निरुदेवी पाल, भानुभक्त ढकाल, भीमबहादुर कार्की, महादेव यादव, महेश बस्नेत, मोहमद हारुन हलुवाई, रामप्रित पासवान, रामेश्वर राना मगर, लीलानाथ श्रेष्ठ, सुजिता शाक्य, विक्रमबहादुर शाही, विनाकुमारी श्रेष्ठ, बैजनाथ चौधरी, भानुभक्त जोशी, भुपेन्द्रबहादुर थापा, मनकुमारी जीसी, मञ्जु कुमारी चौधरी, मानबहादुर जीसी, यामलाल कँडेल, रामकुमार शर्मा, रामरतीदेवी राम, विजय सुब्बा, सूर्यबहादुर थापा क्षत्री, शान्ता चौधरी, प्रेमबहादुर आले, बद्रीप्रसाद न्यौपाने, बिन्दा पाण्डे, विनोद श्रेष्ठ, विमला घिमिरे, भैरबसुन्दर श्रेष्ठ, माधव ढुङगेल, मायानाथ अधिकारी, मोहमद महफुज अन्सारी, युवराज खतिवडा, योगनारायण यादव, राजेन्द्रप्रसाद गौतम, राधाकुमारी ज्ञवाली, रामेश्वर फुयाल, लक्ष्मीप्रसाद पोख्ररेल, लीला गिरी, सराज अहमद फारुकी, शेरधन राई, हरिनारायण महतो, हरिबहादुर राजबंशी, हिक्मतकुमार कार्की, हंशबहादुर शाही, सुशीला सिंखडा, श्रीप्रसाद शाह, ज्ञानबहादुर भुजेल, शेरबहादुर तामाङ, टोपबहादुर रायमाझी, लेखराज भट्ट ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal