आज :

(नेकपा) कार्यकर्ताद्धरा प्रधानमन्त्री ओलीविरुद्ध हुम्लामा राँके जुलुश

हुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरुद्ध हुम्लामा प्रचण्ड–नेपाल पक्षका नेकपा कार्र्याकर्ताहरुले राँके जुलुुुस प्रर्दशन गरेका छन् ।  प्रधानमन्त्रीको कदम असवैधानिक भएको नेकपा कार्याकर्ताहरुले ७ बजे नारा र राँके जुलुुस विरोध प्रर्दशन गरेका हुन् ।

सिमकोट स्थिच एयरपोर्ट चोकबाट नेकपा कार्याकर्ताहरुले राँके जुलुश निकालेर विरोध प्रर्दशन गरेको सिमकोट गाउँपालिका उपाध्यक्ष एवम नेकपा जिल्ला कमिटि सदस्य बली रावतले जानकारी दिए । प्रधानमन्त्री र राष्ट्रपतिले चालेको कदम असवैधानिक भएको भन्दै स्वतस्फुर्त रुपमा जुलुश निकालिएको उनले बताए ।  जुलुशमा असवैधानिक कदम फिर्ता गर,नेकपा एकता जिन्दावाद, जनताको जनमत कदर गर लगायतका नारा लगाइएको थियो ।

एयरपोर्टचोकबाट निकालिएको जुलुसमा ५०देखि ७० जना कार्यकर्ताहरु विरोध प्रर्दशनमा उत्रिएका थिए । नेकपाका राँके जुलुसमा प्रचण्ड पक्ष अर्थात पूर्व माओवादीका कार्यकर्ताहरु मात्र सहभागिता रहेको युवा लोकेन्द्र शाहीले बताए । ठुलो संख्यामा राँके जुलुसमा आएका नेकपा कार्याकर्ताहरुले नारा जुलुस सहित कालिञ्चोकमा आएर जुलुसको अन्तय गरिएको थियो ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal