आज :

आज (नेकपा) औपचारिक रुपमा विभाजन हुँदै, अलग अलग केन्द्रीय समिति बैठक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आजबाट औपचारिक रुपमा विभाजन हुँदैछ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै पार्टीभित्रको विवाद विभाजनमा पुग्न लागेको छ । आज दुबै पक्षले अलगअलग केन्द्रीय समिति बैठक बोलाइएको छ ।

अध्यक्ष तथा प्रधानमन्त्रीले अहिले विहान प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय समिति बैठक बोलाएका छन् भने अर्का अध्यक्ष प्रचण्ड र नेता माधव कुमार नेपाल पक्षले दिउँसो बबरमहलमा केन्द्रीय समिति बैठक यसअघि नै बोलाइएको छ । संसद विघटनकै दिन बसेको स्थायी समिति बैठकले १० गतेलाई बोलाइएको केन्द्रीय समिति बैठकलाई आज सारेको थियो । ओलीले त्यसलाई काउन्टर गर्नेगरी विहानै बैठक बोलाएका छन् ।

आइतबार दिउँसो संसद विघटनपछिको सुरक्षा निकाय, निर्वाचन आयोगसँग छलफल गरेका ओलीले सोमबार विहान आफू नेताहरुको भेला बोलाएका थिए । भेलालाई सम्बोधन गर्दै ओलीले संसद विघटन आफ्नो रहर नभएर बाध्यता भएको बताएका थिए । जनमतअनुसार काम गर्न नदिएको कारण ताजा जनादेशकोलागि मध्यावधि चुनावको घोषणा गरेको बताएका थिए । त्यपछि हिजै ओलीले देशलाई सम्बोधन गरेका थिए । त्यसमा पनि ओलीले प्रचण्डसहितको नेताहरुलाई दोष दिएका थिए ।

स्थायी समिति बैठकले ओलीलाई गरेको कारवाही सिफारिसलाई प्रचण्ड समूहका नेताहरुले सोमबार नै निर्वाचन आयोगमा पठाइसकेका छन् । प्रचण्ड र नेपाली काँग्रेसका नेताहरुले ओलीको कदमविरुद्ध एक भएर प्रतिवाद गर्ने निर्णय समेत गरेका छन् । काँग्रेस कार्यालय सानेपामा बसेको सर्वदलीय बैठकमा जनता समाजवादी पार्टीका नेताहरु पनि सहभागी थिए । तीनै पार्टीले संयुक्त रुपमा आन्दोलनका कार्यक्रम तय गर्ने निर्णय गरेका छन् । सोमबार दिउँसो पनि ओलीको विरोध र समर्थनमा प्रदर्शन भएका थिए । त्यस्तै, ओलीले बालुवाटारमा बोलाइएको भेलामा यो घटनाले पूर्वएमाले एमालेतिर र पूर्वमाओवादी माओवादीतिर लाग्ने र चुनाव चिन्ह पूरानै हुने संकेत गरेका थिए । उनले पार्टी एकता भंग भएको समेत संकेत गरेका थिए ।

माथिका मुख्य घटनाक्रम र आज बस्ने केन्द्रीय समिति बैठकले एक अर्कालाई कारवाही गर्ने र आआफ्नो बाटोमा लाग्ने विश्लेषण गरिएको छ । ओलीले प्रचण्डसहितका नेताहरुलाई विहान बस्ने केन्द्रीय समिति बैठकबाट कारवाही गर्ने नेताहरुले बताएका छन् । प्रचण्ड समूहले कारवाही गर्नुअघि नै ओलीले कारवाहीको तयारी गरेका छन् । योसँगै पार्टी औपचारिक रुपमा विभाजन हुनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal