आज :

संसद विघटनले झन् पार्टी एकतावद्ध हुन्छ, काम गर्न नदिएकोले चुनाव घोषणाः ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नु आफ्नो रहर नभएर बाध्यता भएको बताएका छन् । जनमतअनुरुप काम गर्न नदिएकोले ताजा मनमतको लागि मध्यावधि चुनावको घोषणा गरेको बताए ।

देशबासीलाई सम्बोधन गर्दै ओलीले सरकारले राम्रो काम गरेपनि अर्का अध्यक्ष प्रचण्डलगायतका नेताहरुले अनिर्णयको बन्दी बनाउने प्रयास गरेको बताए । जनताको मतअनुसार काम गर्न नसकेपछि पुनरावेदनको लागि मध्यावधि निर्वाचन घोषणा गरेको बताए ।

(नेकपा)का अध्यक्ष समेत रहेका ओलीले संसद विघटन र निर्वाचनको घोषणाले झन् पार्टी एकतालाई मजबुद बनाउने दाबी समेत गरे । अस्थिरता निम्त्याउछ भनेर हल्लामा नलागेर चुनावको तयारीमा लाग्न नेता कार्यकर्तालाई अपील समेत गरे ।

सरकारले राम्रो काम गर्दा पनि आफ्नो चरित्रहत्या गर्नेगरी प्रस्ताव ल्याएको भन्दै आफूले प्रचण्ड निवासमै पुगेर फिर्ता लिन आग्रह गरेको समेत ओलीले सम्बोधनको क्रममा बताए ।

ओलीले पार्टी एकतालाई झन् मजबुद बनाएको दाबी गरिरहेको बेला यता प्रचण्ड र नेपाल समूहले संसद हलमै सांसदहरुको भेला गरिरहेका छन् । ओलीलाई कारवाही गरिएको जानकारी निर्वाचन आयोगलाई समेत जानकारी गराइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal