आज :

संसद विघटनपछि विप्लवले भने–संसदीय व्यवस्थाको असफल भयो, परिवर्तनकारी शक्ति एकजुट हौं

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघठनलाई संसदीय सत्ताको असफलताको संज्ञा दिएका छन् । विप्लवले संसदीय व्यवस्था असफल भएपछि ओलीले फासिवादको सहारा लिँदै संसद् विघटन गरेको बताएका छन् ।

विप्लवले आइतबार साझ एक विज्ञप्ति जारी गर्दै कथित लोकतन्त्रको उच्च संस्था भनिने संसद्लाई बलात् भङ्ग गर्नुले नेपाली जनताको अग्रगामी एवम् रूपान्तरणकारी चाहना र दलाल पुँजीवादी सत्ताको पश्चगामी, प्रतिक्रियावादी प्रवृत्ति छर्लङ्ग भएको बताएका छन् । साथै अहिले दलाल संसदीय व्यवस्था भित्र साम्राज्यवादी घुसपैठका कारण पैदा हुने संघर्षले जतिसुकै शान्ति र समृद्धिको प्रचार गरे पनि यो सरकार असफल भइ देशमा सङ्कट आउनु अनिवार्य रहेको उनले बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘आज केपी वलीले कथित लोकतन्त्रको उच्च संस्था भनिने संसद्लाई बलात् भङ्ग गरे । नेपाली जनताको अग्रगामी एवम् रूपान्तरणकारी चाहना र दलाल पुँजीवादी सत्ताको पश्चगामी, प्रतिक्रियावादी प्रवृत्तिका साथै साम्राज्यवादी घुसपैठका कारण पैदा हुने सङ्घर्षले उनीहरूले जतिसुकै शान्ति र समृद्धिको प्रचार गरे पनि यो असफलता र सङ्कट आउनु अनिवार्य थियो ।’

विप्लवले नेपालमा तीन दशकसम्म जनताले पटक(पटक मौका दिँदादिँदै पनि पूर्णतः असफल भइसकेको संसदीय व्यवस्थाको गोलचक्करबाट नयाँ समाधान होला भन्ने भ्रममा नपर्न भन्दै आम जनसमुदायलाई यो सङ्कटको वास्तविक समाधान, शान्ति, स्थिरता, स्वाधीनता र समृद्धिका लागि वैज्ञानिक समाजवाद स्थापनाको बाटोमा अघि बढ्न आब्हान गरेका छन् ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘जनताको शान्ति र प्रगतिको आकाङ्क्षा पूरा गर्न असफल हुँदा फासिवादको सहाराद्वारा आफ्नो सङ्कट टार्न खोज्ने संसद्वादी तत्वहरूको विश्वव्यापी चरित्रअनुरूप पर्ने केपी वलीले यो कदम चालेका छन् । परन्तु यसले वस्तुतः दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाको असफलता र वैज्ञानिक समाजवादी राज्यव्यवस्थाको आवश्यकतालाई निर्विकल्प रूपले पुष्टि गरेको छ ।’

यस्तै उनले सम्पूर्ण कम्युनिस्ट, वामपन्थी, प्रगतिशील, लोकतन्त्रवादी, देशभक्त शक्तिहरूलाई नयाँ आधारमा ऐतिहासिक संवाद, सहकार्य र मोर्चाबन्दीमा जुट्न विशेष आग्रह गरेका छन् । साथै सम्पूर्ण नागरिकहरूलाई आमूल परिवर्तनकारी संघर्षमा सहभागी बन्न र सहयोग गर्न पनि अनुरोध गरेका छन् ।

‘तीन दशकको प्रयोगमा जनताले मौका दिँदादिँदै पनि पूर्णतः असफल भइसकेको संसदीय व्यवस्थाको गोलचक्करबाट नयाँ समाधान होला भन्ने भ्रममा एकरत्ति पर्नु हुँदैन । यो सङ्कटको वास्तविक समाधान, शान्ति, स्थिरता, स्वाधीनता र समृद्धिका लागि वैज्ञानिक समाजवाद स्थापनार्थ सम्पूर्ण कम्युनिस्ट, वामपन्थी, प्रगतिशील, लोकतन्त्रवादी, देशभक्त शक्तिहरूलाई नयाँ आधारमा ऐतिहासिक संवाद, सहकार्य र मोर्चाबन्दीमा जुट्न हाम्रो पार्टी विशेष आग्रह गर्दछ । साथै सम्पूर्ण नागरिकहरूलाई आमूल परिवर्तनकारी सङ्घर्षमा सहभागी बन्न र सहयोग गर्न हार्दिक अपिल गर्दछौँ ।’ विज्ञप्तिको अन्त्यमा भनिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal