आज :

सात मन्त्रीको सामुहिक राजिनामा, बादल र भट्टले दिए ओलीलाई साथ

काठमाडौं । संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा कार्यकारी अध्यक्ष  प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् ।

विहान मन्त्रिपरिषद् बैठकमा ओलीले संसद विघटनको प्रस्तावको विरोध गरेका कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव राजिनामा दिएका छन् ।

पूर्वमाओवादी नेता तथा गृहमन्त्री रामबहादुर थापा र उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले प्रधानमन्त्री ओलीलाई साथ दिएका छन् । राजिनामा दिनुअघि बादल र भट्टसँग सामान्य छलफल भएको र दुबै जनाले आफूहरु राजिनामा नदिने भनेको राजिनामा दिएका एक मन्त्रीले बताए ।

प्रचण्ड-नेपाल निकट मन्त्रीहरुले पार्टीको दुई बहुमत हुँदाहुँदै संसद विघटन गर्नु भनेको आत्मघाती र देश-जनताविरुद्ध भएको भन्दै सडकमा आएर विरोध गर्ने बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal