आज :

टिकापुर घटनाः उच्च अदालतको फैसलाले थारु समुदाय आक्रोसित, फेरि आन्दोलनको चेतावनी

धनगढी । टिकापुर घटनाबारे उच्च अदालत दिपायलले सांसद रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला गरेको छ । जिल्ला अदालत कैलालीको फैसलालाई समेत उच्चले उल्टाएको छ । पाँच वर्षअघिको उक्त घटनाबारे जिल्ला अदालतले लक्ष्मण थारुलाईसमेत जन्मकैद फैसला सुनाएको छ । तीन वर्ष कैद सजाय भोगेर थारु छुटिसकेका थिए ।

बिहीबार उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेक नारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले छुटिसकेका लक्ष्मणसहित रेशम चौधरी, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरीलाई जन्मकैदको फैसला गरेको छ ।

कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित रेशम चौधरीलाई रिहा गरिनुपर्ने भन्दै जनता समाजवादी पार्टी र थारु समुदायले माग गरिरहेको बेला उल्टो जन्मकैदको फैसला सुनिएको हो । जिल्ला अदालतले २०७५ फागुन १० गते चौधरीसहित १० जनालाई जन्मकैदको फैसला गरेको थियो ।

लक्ष्मण थारुसँगै लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तकुमार चौधरी, विश्राम भनिने जीत बहादुर डँगौरा, प्रेम बहाखुर चौधरी, किसनलाल चौधरी, रामप्रसाद चौधरी, दिलबहादुर चौधरी, संगम भनिने सन्तोष थारु (चौधरी), विश्राम चौधरी र चुन्नीराम चौधरीलाई तीन वर्षको कैद सजाय भएको थियो । तर उच्च अदालतले फैसला उल्टाएको छ ।

जिल्ला अदालतको उक्त फैसलामा चित्त नबुझेको भन्दै जन्मकैदको सजाय पाएका रेशम चौधरी सहितका ११ जनाले उच्च अदालत दिपायलमा २०७६ सालको वैशाखमा पुनरावेदन परेको थियो ।

प्रतिवादी रेशमलाल चौधरी सहितको तर्फबाट अधिवक्ता गम्भीर सिँह ऐर, गजेन्द्र बहादुर केसी, गंगाराम पाध्याय, नाथुराम महतो र काठमाण्डौंबाट आएका २ जना गरी ६ जना अधिवक्ताले बहस गरेका थिए । मुद्दामा वादीको तर्फबाट वरिष्ठ अघिवक्ता राजेन्द्र सिंह साउद, अधिवक्ता विष्णु भट्ट, सरकारी वकिल टेकबहादुर थापा सहितका तीन जना गरी पाँच जनाले बहस गरेका थिए ।

उच्च अदालतको यो फैसलाले जारु समुदायलाई फेरि आक्रोसित बनाएको छ  । फेरि शसक्त आन्दोलन गर्ने चेतावनी दिइएको छ । थारु अगुवाहरुले अदालतले पूर्वाग्रही रुपमा फैसला गरेको भन्दे आक्रोस व्यक्त गरेका छन्  ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal