आज :

चीनलाई ठूलो सफलताः चन्द्रमाबाट चट्टान र धुलो ल्याएर पृथ्वी फर्कियो अन्तरिक्ष यान

काठमाडौं । चन्द्रमा यात्रामा चीनलाई ठूलो सफलता हात लागेको छ । चन्द्रमाबाट चट्टान र धुलो लिएर अन्तरिक्ष यान पृथ्वीमा फर्किएको छ । अब चन्द्रमाको अध्ययन गर्न थप सहयोग पुग्ने भन्दै विश्वभरका वैज्ञानकिहरु खुशी भएका छन् ।

चिनियाँ संचारमाध्यमहरुका अनुसार चीनको चाङ्ग–अ फाइभ अभियान अन्तर्गत अन्तरिक्ष यान भित्री मङ्गोलिया क्षेत्रमा अवतरण गरेको छ । अन्तरिक्ष यान हिउँले ढाकेको घाँसे मैदानमा अवतरण गरेको थियो । सन् १९७० को दशकयताकै चन्द्रमा पुगेर फर्किएको यो पहिलो सफल चन्द्र अभियान बनेको छ ।

सन् २०१३ मा चाङ्ग–अ थ्री र गत वर्ष चाङ्ग–अ फोरसहित चीनले यसअघि दुईपटक चन्द्रमामा आफ्ना यानको सफल अवतरण गराइसकेको छ ।

चन्द्रमामा मानव वस्ति बसाउने अभियानमा लागेको अमेरिकाको नासाले समेत अहिलेसम्म यो सफलता हात पार्न सकेको छैन । यसअघि ४४ वर्ष अगाडि पनि तत्कालिन सोभियत संघले यो सफलता हात पारेको थियो ।

जतिबेला सोभियत लुना ट्वेन्टी फोर अभियानले करिब दुई सय ग्राम सामान पृथ्वी ल्याएको थियो । अहिले ल्याइएका नयाँ नमुनाले पृथ्वीको उपग्रह र चन्द्रमाको भूगर्भबारे ताजा जानकारीहरू प्रदान गर्नेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal