आज :

उखु किसानको आन्दोलनको दोस्रो दिनः धर्ना र प्रदर्शन, उदारो सहमति नगर्ने

काठमाडौं । उखु किसानले आज पनि आन्दोलन जारी राख्ने भएका छन् । रकम भुक्तानी पाउने पर्ने माग राख्दै उखु किसानले धर्ना र प्रदर्शन जारी राख्ने भएका छन् ।

संघर्ष समितिका संयोजक राकेश मिश्रका अनुसार आफ्ना माग पूरा नभएसम्म आन्दोलन गर्ने गरी उखु किसान काठमाडौं आएका हुन् । एक वर्ष सरकारले भुक्तानी दिलाउने भन्दै मात्रै दिएको भन्दै किसानहरु आक्रोसित छन् । एक वर्षअघि पनि किसानले काठमाडौंमा प्रदर्शन गरेका थिए ।

सरकारले चिनी मिल संचालकसँग बाँकी भुक्तानी उपलब्ध गराउने सहमति गरेपछि उखु किसान घर फर्किएका थिए । तर एक वर्ष पूरा हुँदा समेत भुक्तानी नपाएपछि उखु किसान फेरि काठमाडौं आएका हुन् । एक वर्षअघि सरकारले आफूहरुलाई दिएको आश्वासन पूरा नभएको भन्दै किसानहरुले अब उदारो सहमित नगर्ने बताएका छन् ।

संयोजक मिश्रका अनुसार सर्लाहीका किसानले सर्लाहीकै दुईवटा चिनी उद्योगसँग ३६ करोड रुपैयाँभन्दा धेरै लिन बाँकी छ । तर चिनी उद्योगीले थोरै रकम मात्र दिन बाँकी भएको दाबी गर्दै आएका छन् ।

उखु उत्पादक किसान संघ सर्लाहीका अध्यक्ष कपिलमुनी मैनालीले उद्योगीले सरकारले तोकेभन्दा सस्तो मूल्यमा हिसाब गरेकाले थोरै रकम मात्र किसानलाई दिन बाँकी भएको बताउने गरेको बताए । सरकारले किसानलाई मर्का पर्नेगरी उखुको मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ तोकेको भएपनि उक्त मूल्य बराबरको रकम भुक्तानी समेत उद्योगले गरेका छैनन् ।

चिनीको मूल्य निकै बढाउने गरेपनि उद्योगले किसानसँग सस्तोमा उखु खरिद गर्दै आएका छन् । उखु नठाउने उद्योगको धम्कीपछि किसान सस्तोमै भएपनि उखु बेच्न बाध्य भएपनि वर्षौंदेखि उक्त रकम समेत भुक्तानी गरिएको छैन ।

देशभरका उखु किसानले ९० करोड रुपैयाँ चिनी मिलबाट भुक्तानी पाउन बाँकी रहेको संघर्ष समितिका संयोजक मिश्रले बताए । मिश्रका अनुसार सर्लाहीमा मात्रै अन्नपूर्ण चिनी मिलको ३० करोड र महालक्ष्मी सुगर मिलको ६ करोड रुपैयाँ किसानलाई दिन बाँकी रहेको छ । उता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने उखु मिलहरुले किसानलाई ५५ करोडभन्दा बढी दिनुपर्ने बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal