आज :

आजबाट अमेरिकामा कोरोनाविरुद्धको खोप लगाउन सुरु, नेपालमा कहिले आइपुग्छ ?

काठमाडौं । आजबाट अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिने भएको छ । आम सर्वसाधारणले खोप लगाउन सक्ने गरी अमेरिकी सरकारले अनुमति दिएको छ । तर पहिलो चरणमा जोखिम क्षेत्रका व्यक्ति, स्वास्थ्यकर्मी, अग्रपंक्तिमा रहेर जोखिमयुक्त काम गर्नेहरु र ज्येष्ठ नागरिकले खोप पाउने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

बीबीसीका अनुसार अमेरिकाका विभिन्न राज्यका १ सय ४५ ठाउँमा आज खोप लगाइनेछ । भोली अरु ४ सय २५ ठाउँमा खोप दिइनेछ । पहिलो चरणमा तीस लाख लाख मानिसहरुलाई खोप लगाइनेछ ।

अमेरिकाले फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोपलाई आकस्मिक प्रयोगमा अनुमति दिएको छ । अमेरिकाको खाद्य तथा औषधि विभागले कोभिड–१९ विरुद्धको खोपलाई स्वीकृति दिएसँगै अमेरिकी नागरिकलाई खोप दिन सबै प्रक्रिया पूरा गरिएको छ । ती कम्पनीले बनाएका खोप ९५ प्रतिशत सुरक्षित मानिएको छ ।

फाइजरले पहिलो चरणमा डिसेम्बर अन्त्यसम्म अमेरिकाका लागि ६४ लाख डोज खोप तयार पार्नेछ । यो खोप दुई डोज लगाउनुपर्ने हुन्छ । पहिलो खोप लगाएको तेस्रो हप्ता अर्थात् २१ दिनका दिन दोस्रो खोप लगाउनुपर्ने हुन्छ । पहिलो चरणको खोपले ३३ करोड जनसंख्या भएको अमेरिकाका झण्डै ३० लाख नागरिकलाई पुग्नेछ ।

फाइजरको खोपलाई अमेरिकासहित, बेलायत, क्यानडा, साउदी अरेबिया र बहराइनले अनुमति दिइसकेका छन् । कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा अहिलेसम्म एक करोड ६७ लाख ११ हजार कोरोनाबाट सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये तीन लाखभन्दा धेरैको ज्यान गएको छ भने ९७ लाख १३ हजार निको भएका छन् ।

यसअघि रुसले पनि कोरोना खोप सुरु गरिसकेको छ । त्यस्तै बेलायतलगायतका युरोपका देशहरुले पनि कोरोना खोप लगाउन सुरु गर्न अनुमति दिइसकेका छन् । तर नेपालसहित तेस्रो विश्वका देशहरुमा कोरोना खोप आइपुग्न अझै एक वर्ष लाग्ने बताइएको छ । खोप उत्पादन गर्ने देशहरुले पहिलो आफ्नो देशका नागरिकलाई लगाउने भएकोले नेपाल जस्ता साना देशहरुले तत्काल कोरोना खोप पाउने सम्भावना कमै भएको विज्ञहरुले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal