आज :

पत्रकार मलाला मारिइन्

काठमाडौं । अफगानिस्तानमा एक जना पत्रकारको गोली हानेर मारिएकी छन् । पूर्वी अफगानिस्तानको जलालावादमा कार्यरत पत्रकार मलाला माइवन्दको अवज्ञात समूहले गोली हानी ह त्या गरेको हो ।

स्थानीय एनिकास टिभी तथा रेडियोकी पत्रकार मलालाको विहीबार हतियारधारीले उनको गाडीमा फायर गरेका थिए। गाडीका चालक मोहम्मद ताहिर पनि सो हमलामा मारिएका छन् ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार अहिलेसम्म कुनै पनि समूहले आधिकारिकरूपमा घटनाको जिम्मेवारी लिएका छैनन् । सो प्रान्तका गभर्नरका प्रवक्ता अताउल्ला खोगियानीले घटनापछि हमलाकारीहरू भाग्न सफल भएको स्थानीय मिडियाललाई बताएका छन् ।

मलाला सामाजिक अभियान्ता समेत थिइन् । उनले समाजका विद्यमान समस्याको खुलेर आलोचना गर्दै कलम चलाइरहेकी थिइन् । उनले अफगानिस्तानमा महिला पत्रकारहरूले भोग्नुपर्ने चुनौतीका बारेमा खुलेर बोल्ने गरेकी थिइन् ।  यही कारणले उनी मारिएकी स्थानीय संचारमाध्यमहरुले बताएका छन् ।

पत्रकार मलालाकी आमाको पनि पाँच वर्ष अगाडि गोली हानेर मारिएकी थिइन् । समाचार एजेन्सी रोयटर्सका अनुसार उनकी आमा पनि एक सामाजिक अभियन्ता थिइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal