आज :

कोरोनाबाट १५९४ जनाको ज्यान गयो, सक्रिय संक्रमित १३ हजारमा झरे

काठमाडौं । नेपालमा कोरोनाभाइरसका सक्रिय संक्रमित घटिरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ५८२ रहेको छ ।

आइतबार थप १ हजार ७५२ जना निको भएर डिस्चार्ज भएसँगै सक्रिय संक्रमित घटेका हुन् । कुल निको हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९३.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर १०९६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ४० हजार ९८१ पुगेको छ ।

आइतबार थप १७ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । योसँगै ज्यान जानेको संख्या १ हजार ५ ९४ पुगेको छ ।

परीक्षण गराउनेको संख्या घटेसँगै संक्रमित पनि घटेका छन् ।  पछिल्लो २४ घण्टामा ६ हजार ४९५ जनाको पीसीआर भएको छ । अहिले समुम भने कुल परीक्षण संख्या १७ लाख ८४ हजार ५१९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८४ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal