आज :

मोदी सरकारविरुद्ध भारतीय किसानको आन्दोलन झन् चर्किँदैः मंसिर २३ गते भारत बन्दको घोषणा 

काठमाडौं । किसान विरोधी कानुन ल्याएपछि भारतमा मोदी सरकारविरुद्ध किसान आन्दोलन उत्कर्षमा पुगेको छ । भारतको केन्द्र सरकारले ल्याएको कृषि कानुनको विरोधमा देशभरका किसान आन्दोलनमा छन् । यो विरोध प्रदर्शन इतिहासकै ठूलो भएको भारतीय संचारमाध्यमहरुले बताएका छन् ।

यसैबीच किसानहरुले यही मंसिर २३ मा भारत बन्दको घोषणा गरेका छन् । किसानविरोधी कृषि कानुन फिर्ता नभएसम्म आन्दोलन फिर्ता नहुने किसानहरुले बताएका छन् ।

केन्द्र सरकारले वार्तामा बोलाएको छ तर सरकारप्रति किसानहरुलाई विश्वास लागेको छैन । त्यसैले सरकारले वार्ता बोलाए पनि किसानहरुले थप संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।

भारतीय संचारमाध्यमहरुका अनुसार त्यसैगरी केन्द्रीय राजधानी दिल्ली प्रवेश गर्ने थप सडकहरु बन्द गर्ने चेतावनी दिँदै उनीहरुले समयमै माग पूरा नगरे खराब परिणामका लागि तयार रहन सरकारलाई चेतावनी दिएका छन् ।

किसानको आन्दोलनप्रति देशव्यापी समर्थनको लहर बढेको छ । पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीले आन्दोलनमा समर्थन जनाउँदै केन्द्र सरकारले ल्याएको कृषि कानुनविरुद्ध किसानको साथमा रहेको बताइन् ।

यसैबीच लेखकहरु, प्रतिष्ठित व्यक्तिहरुले पनि किसानको आन्दोलनको समर्थनमा सरकारले प्रदान गरेका पुरस्कारहरु फिर्ता गर्ने घोषणा गरेका छन् । यसबाट सरकारमाथि नैतिक दबाब बढेको छ ।

एघारदिन यता पञ्जाब, हरियाणासहित विभिन्न राज्यका लाखौं किसान दिल्लीको सीमामा पुगेर आन्दोलन गरिरहेका छन् । केन्द्र सरकारले ल्याएको कृषि कानुनको विरोधमा ‘दिल्ली चलो’ आन्दोलन देशव्यापी बनेको छ ।

सरकारले ल्याएको कृषि कानुन खारेज गर्नुपर्ने उनीहरुको माग छ । सरकारले भने शान्तिपूर्ण आन्दोलन गरिरहेका कृषकमाथि हस्तक्षेप गरेको छ । कयौं घाइते पनि भएका छन् ।

यसप्रति अन्तर्राष्ट्रिय चासो पनि बढेको छ । क्यानडाका प्रधानमन्त्री अष्ट्रिन ट्रूडोले भारतमा भइरहेको किसानको शान्तिपूर्ण आन्दोलनमा आफूहरुको समर्थन रहने फेरि दोहोर्‍याएका छन् । भारतले भने किसान आन्दोलन आफ्नो देशको आन्तरिक मामला भएको भन्दै क्यानडाको समर्थनप्रति आपत्ति जनाएको छ । प्रतिक्रियामा भारतले क्यानडाका उच्चायुक्तलाई निष्काशनसमेत गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal