आज :

नेपाल-भारत सीमाका भन्सार कार्यालयमा रहेका प्रभु बैंकका एक्स्टेन्सन काउण्टरहरुको समय थप

काठमाडौँ । नेपाल–भारत सीमाका भन्सार कार्यालयहरुमा रहेको प्रभु बैंकका उक्स्टेन्सन कार्यालयहरुले थप समयको लागि सेवालाई निरन्तरता दिने भएका छन् ।

नेपाल सरकार, अर्थ मन्त्रालयभन्सार विभाग, त्रिपुरेश्वर, काठमाण्डौ र प्रभु बैंक लि. को समन्वयमा नेपाल–भारत सीमाका विभिन्न ७ वटा भन्सार कार्यालयहरु भद्रपुर भन्सार कार्यालय झापा, सुनसरी भन्सार कार्यालय सुनसरी, ठाडी भन्सार कार्यालय सिरहा, जलेश्वर भन्सार कार्यालय महोत्तरी, महेशपुर भन्सार कार्यालय नवलपरासी, सुठौलीभन्सार कार्यालय कपिलवस्तु र सति भन्सार कार्यालय कैलालीमा सरकारी राजश्व÷भन्सार संकलनका लागि सञ्चालनमा रहेका प्रभु बैंक लि. का एक्स्टेन्सन काउण्टरहरुले थप समयावधिका लागि निरन्तर रुपमा बैंकिङ्ग सेवालाई निरन्तरता दिने भएका हुन् ।

भन्सार विभाग र विभाग र बैंकबीच सेवालाई निरन्तरता लिने सम्बन्धी सम्झौता भएको छ । भन्सार विभाग त्रिपुरेश्वर, काठमाडौंका तर्पmबाट महानिर्देशक सुमन दहाल र प्रभु बैंक लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनबीच बुधबार सम्झौतामा हस्ताक्षर भएको हो ।

नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमारहेका प्रभु बैंक लि. का एक्स्टेन्सन काउण्टरहरुको सेवाबाट सम्बन्धित भन्सार कार्यालयहरुको स्तरोन्नतीसँगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुनगई राजश्व संकलनको आँकाडामा बृद्धि हुनजाने तथा स्थानीय सेवाग्राही तथा संघसंस्थाहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने र नेपाल सरकारको राजश्व संकलन प्रक्रियामा छिटो छरितो हुनगई सहजीकरण हुने समेत बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal