आज :

अमेरिकी चुनावः बाइडन मन्त्री नियुक्त गर्दै, सत्ता छोड्न ट्रम्प तयार छैनन्

काठमाडौं । अमेरिकी राष्ट्रपति पदमा निर्वाचित जो बाइडन सरकार गठनको तयारीमा जुटेका छन् । उनले मन्त्रीदेखि विभाग प्रमुखसम्म नियुक्त गरिरहेका छन् । बाइडनले विदेशमन्त्रीको जिम्मेवारी एन्टनी ब्लिंकेनलाई दिने निर्णय गरेका छन् । ५८ वर्षीय एन्टनी विगत लामो समयदेखि बाइडेनका सल्लाहकारको रुपमा थिए ।

त्यस्तै अमेरिकी पूर्व विदेशमन्त्री जोन केरीलाई जलवायु परिवर्तन विभागको प्रमुख र नेशनल इन्टेलिजेन्सको प्रमुखको जिम्मेवारी अवरिल हेन्सलाई दिने घोषणा गरेका छन् । अमेरिकी इतिहासमै पहिलो पटक ल्याटिनो (क्यूबियन) मूलका एलेक्ज्यान्ड्रो मायोर्कासलाई होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टको जिम्मेवारीमा ल्याएका छन् ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार नेशनल इन्टेलिजेन्स प्रमुखमा एभ्रिल हइन्स, ट्रेजरी सेक्रेटरीमा (अर्थ मन्त्री) जानेट एलेन, संयुक्त राष्ट्रसंघको राजदूतमा लिन्डा थोमस ग्रिनफिल्ड, नेशनल सेक्युरिटी एडभाइजरमा जाक सुलीभानलाई नियुक्त गर्न लागेका छन् । तर यी सबै नाममा सीनेटको अनुमोदन जरुरी पर्दछ । यी क्षेत्र र अनुहार हेर्दा बाइडनको मन्त्रिपरिषद निकै विविधतामूलक हुने देखिन्छ ।

आफनो टीम घोषणा गर्ने क्रममा जो बाइडेनले आफनो टीममा रहने नयाँ अनुहारहरुले अमेरिकालाई हरेक क्षेत्रबाट विश्वकै उच्च विन्दुमा पुर्याउने विश्वास ब्यक्त गरे ।

जलवायु प्रमुखको जिम्मेवारी दिने निर्णय लगत्तै जोक केरीले ट्वीट गर्दै बाइडेनले आफुलाई सहयोगीको रुपमा राख्न चाहेको भन्दै जलवायुको क्षेत्रमा देखिएइको संकट समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।

बाइडनले जनवरीमा पद समाल्ने तयारी गरेका छन् तर वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प भने सत्ता हस्तान्त्रण गर्न तयार भइसकेका छैनन् । उनले चुनावमा धाँधली भएको भन्दै परिणाम स्वीकार गर्न मानेका छैनन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal