आज :

आज नेवार समुदायको भाइटीका, देशभर सार्वजनिक बिदा

काठमाडौं । आज नेवार समुदायले भाइटीका अर्थात किजापूजा गरी तिहार मनाइरहेका छन् । अन्य समुदायले सोमबार भाइटीका लगाएपनि नेवार समुदायले एक दिनपछि किजापूजा गर्दैछन् ।

सरकारले नेवार समुदायको किजापूजाको अबसरमा देशभर सार्वजनिक दिएको छ । नेवार समुदायले मनाउने अन्य चाड पर्वको अबसरमा काठमाडौं उपत्यकामा मात्रै बिदा दिँदै आएपनि किजापूजाको लागि भने सरकारले देशभर सार्वजनिक बिदा दिएकोछ ।

नेवार समुदायले आफ्नो परम्पराअनुसार आज बिहान केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायले भाइटीका लगाउन लागेका हुन्।

भाइटीकाको दिन मात्र खुल्ने रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज पनि खुलेको छ। मन्दिर बिहान ५ बजेदेखि नै खुला गरिएको हो। काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मंगलबार पनि भाइटीका मान्नेहरूका दर्शनको व्यवस्था गरिएको बताए।

बालगोपालेश्वर मन्दिरमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर भाइटीका लगाउने गर्दछन्।

पुनर्निर्माणको काम लामो समयसम्म जारी रहेकाले भूकम्पपछि बन्द रहेको मन्दिर पाँच वर्षपछि योपटक खुलेको हो। केही समयअघि रानीपोखरी र मन्दिरको पुनर्निर्माण सकिएको थियो।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal