आज :

(नेकपा)को विवादः अगाडि बढे प्रचण्ड, ३ बजे बोलाए सचिवालय बैठक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद झन चर्किने भएको छ । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सचिवालय र स्थायी समिति बैठक बोलाउन अस्वीकार गरेपछि प्रचण्डले एक्लैले भएपनि शुक्रबार सचिवालय बैठक बोलाएसँगै विवाद झन चर्किने देखिएको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार कार्यकारी अध्यक्ष प्रचण्डले आज दिउँसो ३ सचिलयको बोलाएका छन् । बैठक अनौपचारिक भएको बताइएको छ । विहीबार प्रचण्ड र ओलीबीच भएको छलफल भएपनि बैठक बोलाउने भन्नेबारे कुनै सहमित हुन सकेको थिएन । प्रचण्डले बैठक बोलाउन गरेको प्रस्ताव ओलीले अस्वीकार गरेका थिए ।

ओलीसँग भेटपछि विहीबार नै आफू निकटका नेताहरुसँग परामर्श गरेका थिए । वरिष्ठ नेता माधव कुमार र झलनाथ खनाल बैठक बोलाउन सहमत भएका थिए ।

स्रोतका अनुसार पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओली सहभागी नहुने भएका छन् । बैठक स्थगित गराउन ओली पक्षका केही नेताहरुले पहल गरेका छन् । उनीहरुले पार्टीभित्रको विवाद झनै बढ्ने भन्दै बैठक स्थगित गरेर ओलीसँग संवाद गर्न प्रचण्डलाई सुझाव दिएका छन् । तर प्रचण्ड बैठक गरेरै छोड्ने मानसिकतामा छन् ।

यसअघि ओलीले एक भएर बस्न नसिकने भन्दै प्रचण्डसँग सँगै जान नसकिने भन्दै सल्लामै पार्टी अलग बनाउँ भन्दै प्रस्ताव गरेका थिए । उनले पार्टीका नेता नेताहरुसँग उक्त प्रस्तावबारे छलफल गरेका‍ थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal