आज :

कोरोना बीमा दाबी भुक्तानी सात दिनभित्रैः अध्यक्ष चापागाईँ

काठमाडौं । बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले कोरोना बीमाको दाबी भुक्तानी सात दिनभित्रै हुने बताएका छन् । कोरोना बीमाको दाबी सात दिनभित्रै भुक्तानी दिन सबै निर्जीवन बीमा कम्पनीलाई निर्देशन दिएको चापागाईँले बताए ।

कोरोना बिमाको दाबी भुक्तानी गर्न आलटाल भएको जनगुनासो बढेपछि समितिले निर्जीवन बिमा कम्पनीहरुलाई दाबी परेको सात दिनभित्रै भुक्तानी दिन निर्देशन दिएको छ । त्यसअघि अध्यक्ष चापागाईंले अर्थ मन्त्रालयसँगको छलफल गरेका थिए ।

बिमितको नाम र मिति फरक पर्ने गरेको, परीक्षण गरिएका ल्याबहरु विश्व स्वास्थ्य संगठनको मापदन्डअनुसार नभएको र दोहोरो बिमा भएको पाइएकाले त्यसको प्रमाणीकरण गर्न समय लाग्दा दाबी भुक्तानीमा ढिलाइ भएको बताउँदै अध्यक्ष चापागाईंले अब सात दिन भित्रै सबै प्रक्रिया पूरा गरी भुक्तानी हुने बताए । त्यसको लागि सबै प्रक्रिया पूरा गर्न पर्ने उनले बताए ।

अध्यक्ष चापागाईंका अनुसार कुनैपनि बिमितले बिमा दाबी गर्दा ‘पीसीआर’ परीक्षणमा ‘पोजिटिभ’ भएको रिपोर्ट, संक्रमित भएपछि ‘होम आइसोलेसन’मा बसेको प्रमाणित गर्न सम्बन्धित स्थानीय तहको सिफारिस, अस्पतालमा उपचार गराएको खन्डमा अस्पतालमा भर्ना भएको र ‘डिस्चार्ज’ भएको कागजातसहित नागरिकताको प्रतिलिपि बुझाउनुपर्ने छ । करिब १३ हजार बिमितले दाबी गरेपनि अहिलेसम्म नेपालमा करिब दुई हजार व्यक्तिले २० करोड रुपैयाँ बराबरको भुक्तानी पाएका छन् ।

बीमा भुक्तानीमा हुने झन्झटबारे उत्पन्न गुनासो सुनेर हल गर्ने गरी समिति पनि गठन गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal