News Portal

  • प्रभु बैंकको शाखा कार्यालय प्रगतिनगरमा सञ्चालनमा

    डबली संवाददाता२०७७ कार्तिक १९ गते
    ३०६ पटक

    काठमाडौँ । प्रभु बैंकको प्रगतिनगरमा शाखा कार्यालय सञ्चालनमा आएको छ । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आज (कार्तिक १९ गते ) देखि नवलपुर ९नवलपरासीपुर्व० जिल्लाको देवचुली नगरपालिका वडा नं. १५ स्थित प्रगतिनगरमा आप्mनो २११ औं शाखा खोली सञ्चालनमा ल्याएको छ ।

    नेपाल राष्ट्र बैंक तथाअन्य सम्बन्धित निकाय सँग समन्वय गरी बैंकले आप्mनो सेवा विस्तार गर्ने क्रममा नवलपरासी जिल्लामा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैंकको प्रगतिनगर शाखाबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीय बासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको बताएको छ ।

    प्रभु बैंकले २११ वटा शाखाकार्यालय, १९५ वटा एटिएम ,५६ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाहगरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्