आज :

आज अमेरिकामा राष्ट्रपति निर्वाचनः ह्वाइट हाउसको चाबी ट्रम्पकै हात रहला की बाइडेनको ? 

काठमाडौं । आज अमेरिकामा नयाँ राष्ट्रपतिको चुनाव हुँदैछ । अमेरिकाको ५८ औं राष्ट्रपतिको लागि डोनाल्ड ट्रम्प र जो बाइडेनबीच तीब्र प्रतिस्पर्धा हुने देखिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार वर्तमान राष्ट्रपति भन्दा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन अगाडि रहेका मत सर्वेक्षणहरुले देखाएका छन् । रिपब्लिकन पार्टीबाट उम्मेदवार ट्रम्प बाइडेनभन्दा १० प्रतिशत मतले पछाडि रहेको सर्वेक्षणहरुले देखाएका छन् ।

अहिलेसम्म गरिएका सर्वेक्षणले बाइडेनको पक्षमा बलियो मत देखाएको भएपनि अहिले नै ट्रम्पले हार्ने भने नदेखिएको बताइएको छ । यसअघिको चुनावमा पनि मत सर्वेक्षणहरुले हिलारी क्लिन्टनलाई अगाडि देखाएका थिए तर ट्रम्पले जितेका थिए ।

एनबीसी न्यूज र वालस्ट्रिट जर्नलले चुनाव हुनु दुई दिनअघि गरेको सर्वेक्षणमा बाइडेनले ५२ र ट्रम्पले ४२ प्रतिशत मत प्राप्त गर्ने जनाएको छ । गएकाे अक्टोबर २९ देखि ३१ तारिखसम्मको मत सर्वेक्षणले ५७ प्रतिशत मतदाताले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि राष्ट्रपति ट्रम्पको कार्यशैलीलाई नरुचाएको देखाएका छन् । तर अर्थतन्त्रका सन्दर्भमा राष्ट्रपति ट्रम्पलाई झण्डै ५५ प्रतिशतले समर्थन जनाएका छन् ।

चुनावी नतिजा फेरबदल गर्न केही राज्यहरुको मतमा भर पर्नेछ । अमेरिकी चुनाव परियोजनाका अनुसार हुलाक र मतदान केन्द्रमै गएर अहिलेसम्म ९ करोड ३० लाखभन्दा बढी अमेरिकीले अग्रिम मतदान गरिसकेका छन् । यो संख्या सन् २०१६ मा गणना गरिएको कूल मतको झण्डै ६८ प्रतिशत हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal